• TOKHA LIVE

      TOKHA LIVE

    • १२ असार २०८२, बिहीबार १८:१७

    एसवाई इन्टरटेन्टमेन्टको ब्राण्ड एम्बेसडर हन्ट ‘फेस अफ एसवाई’ सुरु हुँदै

     

    काठमाडौं, असार १२ ।
    एसवाई इन्टरटेन्टमेन्ट प्रालि, तीनकुने काठमाडौंको आयोजनामा ‘फेस अफ एसवाई (ब्राण्ड एम्बेसडर हन्ट)’ कार्यक्रम सुरु हुने भएको छ। सृजनशीलता र व्यक्तित्वका आधारमा एसवाई ग्रुपका ब्राण्ड एम्बेसडर चयन गर्ने यो प्रतियोगिता युवाहरूका लागि अवसरको नयाँ ढोका हुनसक्ने विश्वास गरिएको छ।

    प्रतियोगिता चरणबद्ध रूपमा २०२५ जुन १ देखि २०२६ जनवरी ३१ सम्म सञ्चालन हुने आयोजित पत्रकार सम्मेलनमा बताइयो । महिला र पुरुष दुबैले सहभागिता जनाउन पाउने यो प्रतिस्पर्धामा मुख्य तीन जना ब्राण्ड एम्बेसडर छानिनेछन्।

    पहिलो चरण: भिडियो अडिसन, साथमा उपहार

    प्रतियोगीले एसवाई प्यानल, एसवाई बजार वा एसवाई कष्मेटिक झल्किने क्रियटिभ भिडियो बनाई फेसबुक, इन्स्टाग्राम वा टिकटकमा पोस्ट गर्नुपर्नेछ। #Faceofsy ह्यासट्यागसहित एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपाललाई ट्याग गर्नु अनिवार्य छ।
    साथै, प्रतियोगीले एसवाईको पेजको बायोमा रहेको गुगल फारम भरी आफूलाई दर्ता गर्नुपर्नेछ।

    पहिलो चरण सेप्टेम्बर ३० सम्म चल्नेछ। उत्कृष्ट ५०० प्रतिस्पर्धीलाई दोस्रो चरणमा पुर्‍याइनेछ र उनीहरूलाई २ हजार रुपैयाँको एसवाई बजार सपिङ भौचर प्रदान गरिनेछ।

    दोस्रो चरण: बढी पुरस्कार र उचाइको बाटो

    पहिलो चरणबाट चयन भएका मध्ये उत्कृष्ट १५० जना दोस्रो चरणमा पुग्नेछन्। त्यसमध्ये ५० जनाले १० हजार रुपैयाँको सपिङ भौचर जित्नेछन्।

    फाइनल स्टेज: नगद र करोडसम्मको कन्ट्र्याक्ट

    दोस्रो चरणबाट छानिएका २५ जना उत्कृष्ट प्रतियोगी काठमाडौंमा प्रत्यक्ष अडिसनमार्फत फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। उनीहरूलाई आवश्यक प्रशिक्षण र परीक्षण दिइनेछ।

    फाइनलमा विजेता घोषित हुने ‘फेस अफ एसवाई’ले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्नुका साथै एक करोड बराबरको एक वर्षे कन्ट्र्याक्ट पाउनेछन्।
    फर्स्ट रनर अप ले ४ लाख नगद र ५० लाखको कन्ट्र्याक्ट,
    सेकेन्ड रनर अप ले ३ लाख नगद र ३० लाख बराबरको कन्ट्र्याक्ट प्राप्त गर्नेछन्।
    त्यसैगरी बाँकी ७ जना उत्कृष्ट प्रतिस्पर्धीहरूलाई ‘पपुल्यारिटी अवार्ड’ स्वरूप प्रत्येकलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

    मूल्यांकनको आधार

    प्रतियोगीको भिडियोको लाइक, कमेन्ट, शेयर र क्रियटिभिटीलाई आधार बनाएर मूल्यांकन गरिनेछ।

    • पहिलो चरणमा: लाइक १०%, कमेन्ट २०%, शेयर २०%, क्रियटिभिटी ५०%
    • दोस्रो चरणमा पनि यस्तै अनुपातमा मूल्यांकन हुनेछ।
    • अन्तिम चरणमा भने: SNS (सोसियल नेटवर्क) ३०% र जजको निर्णय ७०% हुनेछ।

    सहभागी कसरी हुने?

    प्रतिस्पर्धामा सहभागी हुन चाहनेले:
    ✅ एसवाई बजार वा कष्मेटिकको फेसबुक, इन्स्टाग्राम र टिकटकलाई फलो गर्नुपर्नेछ।
    ✅ एसवाई ब्राण्ड समेटिएको क्रियटिभ भिडियो बनाएर पोष्ट गर्नुपर्नेछ।
    ✅ #Faceofsy ह्यासट्याग र पेज ट्याग गर्नुपर्नेछ।
    ✅ गुगल फारममार्फत अनलाइन दर्ता गर्नुपर्नेछ।

    एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित एक अन्तर्राष्ट्रिय कम्पनी हो, जसका नेपालमा एसवाई प्यानल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज् र एसवाई इन्टरटेन्टमेन्ट जस्ता उपप्रतििष्ठानहरू क्रियाशील छन्।

    🔗 अझ विस्तृत जानकारीका लागि:

    एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपालको फेसबुक र इन्स्टाग्राम पेज हेर्नुहोस्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै