• TOKHA LIVE

    • १० असार २०८२, मंगलवार ०६:२३

    टोखा वडा नं १ मा ‘पूर्ण खोप’ घोषणा, स्वास्थ्य सुरक्षामा थप अग्रसरता

     

    टोखा, काठमाडौं – असार १०:
    “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित टोखा नगरपालिका वडा नं १ ले ‘पूर्ण खोप वडा’ घोषणा गरेको छ।

    टोखा नगरपालिका वडा नं १ का अध्यक्ष रमेशकुमार लामिछानेको अध्यक्षता र जि.स.स. सदस्य राजकुमार विडारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा वडा सदस्य एवं नगर कार्यपालिका सदस्य सुनिता श्रेष्ठ परियार, सदस्य सुनिता अधिकारी काफ्ले, सदस्य विजय तामाङ, वडा सचिव बिक्रम सम्बाहाङफे, वडा स्वास्थ्य समिति पदाधिकारीहरू रघुनाथ अधिकारी, हरिकृष्ण धिताल, किशोर अधिकारी, झोर महाँकाल माविका प्रधानाध्यापक भिमसेन अधिकारी, जनस्वास्थ्य निरीक्षक तथा खोप फोकल पर्सन सन्तोष कुँवर, स्वास्थ्य बीमा दर्ता सहयोगी महेश श्रेष्ठ तथा स्वास्थ स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन ईन्चार्ज पवनकुमार शाहले गर्नुभएको थियो।

    स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँचको सुनिश्चितता गर्दै वडा नं १ लाई पूर्ण खोपयुक्त घोषणा गरिनु टोखा नगरपालिकाको स्वास्थ्य सुरक्षाप्रति रहेको गहिरो प्रतिबद्धताको प्रमाण हो। स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेवक र नागरिकको साझा प्रयासबाट प्राप्त यो सफलताले अब सम्पूर्ण नगर क्षेत्रलाई स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउने अभियानलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै