नविना श्रेष्ठ
असार ५ ,२०८२
नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय प्रधान कार्यालय केन्द्रमा मूल समारोहका साथ भव्यताका साथ सम्पन्न भएको छ। प्रदेश र स्थानीय तहहरूमा पनि बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको थियाे। नेपाल स्काउटको स्थापना दिवस सम्माननीय उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट तेजु लाल चौधरीको बिशेष आतिथ्यतामा राष्ट्रिय प्रधान कार्यालय परिसरमा सम्पन्न भएको हाे।

कार्यक्रमको अवसरमा प्रमुख आयुक्त देवराज घिमिरेको अध्यक्षता र मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, काठमाडौं उपत्यकामा उपलब्ध बरिष्ठ स्काउटर, प्रशिक्षक, स्काउटर तथा रोभर, रेन्जर स्काउट स्काउट सदस्यहरू सहभागी रहेको थियो।
कार्यक्रममा मार्चपास, सांस्कृतिक झाँकी, पदक तथा सम्मान वितरण तथा विभिन्न परियोजना हरूको प्रदर्शन समेत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति यादवले नेपाल स्काउटले देशको युवापुस्ताहरुलाई प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहनुका साथै स्काउटको निरन्तर प्रयासले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूलाई चरित्रवान, स्वावलम्बी र समाजसेवी नागरिकको रूपमा विकसित गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए।

बिशेष अथिति प्रमुख स्काउट माननीय तेजुलाल चौधरीले आफू प्रमुख स्काउट रहेकै बेला नेपाल स्काउटको आन्तरिक समस्या समाधान गरी नयाँ ऊर्जाका साथ रणनीतिक लक्ष्य २०३२ लाई हाँसिल गर्ने उद्देश्यका साथ अघि बढ्न बर्तमान नेतृत्व तथा सम्पूर्ण स्काउट सदस्यलाई आह्वान गरे।प्रमुख आयुक्त देवराज घिमिरेले नेपाल स्काउटलाई यो स्थान सम्म पुर्याउन भुमिका निर्वाह गर्ने सम्पूर्ण अग्रजहरूको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरे, प्रमुख आयुक्त घिमिरेले संस्थामा मौलाएको अराजकतालाई अन्त्य गर्दै सम्पूर्ण नेतृत्व तथा सदस्यहरुलाई युवा र बालबालिका लाई समयानुकुल प्रभावकारी कार्यक्रम प्रदान गर्न प्रति अग्रसर हुन आह्वान गर्नु भयो । साथै व्यापक प्रतिकुलता र चुनौती विच पनी आफ्नो नेतृत्व अविचलित संस्थाको हित र विस्तारमा लागि परिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल स्काउटको बार्षिक प्रतिवेदन २०८१/२०८२ सार्बाजनिक गरिनुका साथै नेपाल स्काउटको अभियानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई विभिन्न मान पदवी पदकबाट सम्मान गरिएको थियो ।

