• TOKHA LIVE

    • ५ असार २०८२, बिहीबार ११:४९

    टोखामा कृषकहरूका लागि बालीनाली उपचार शिविर, निःशुल्क जाँचको सुवर्ण अवसर

     

    टोखा,काठमाडौं  असार ५ ।
    टोखा नगरपालिकाले आफ्ना किसानहरूलाई लक्षित गर्दै दुईदिने निःशुल्क बाली उपचार शिविर कार्यक्रम संचालन गर्ने भएको छ। कृषकहरुले घरमै उत्पादन गरिने तरकारी, फलफूल, मसला बाली तथा खेतबारीमा देखिने विभिन्न रोग, किराफट्यांग्रा, उत्पादनमा देखिएको समस्याको समाधानका लागि यो शिविर अत्यन्तै उपयोगी हुने विश्वास गरिएको छ।

    यदि तपाईंले लगाएको बालीमा कीरा, रोग, पहेंलो पात, हाँगाको सुकाइ, जराको समस्या, फूल नफुल्ने वा फल नलाग्ने समस्या छ भने चिन्ता नलिनुहोस्। अब समाधान यही छ। नगरपालिकाले कृषकहरूमाझ स्वास्थ परीक्षण झैं बाली परीक्षण गरेर आवश्यक उपचार सुझाउने गरी शिविर आयोजना गरेको हो।

    कार्यक्रमको विशेषता भनेको तपाईंले समस्याग्रस्त बोटका पात, हाँगा, जरासहितको नमूना ल्याएर विशेषज्ञहरूबाट निःशुल्क परीक्षण गराउन सक्नुहुन्छ। साथै, माटो परीक्षणको पनि सुविधा उपलब्ध गराइनेछ।

    दुईदिने निःशुल्क बाली उपचार शिविर सञ्चालन गर्ने कार्यक्रममा कीरा लाग्ने, रोग फैलिने, उत्पादन कमजोर हुने, फलफूल नफल्ने जस्ता समस्याबाट हैरान किसानका लागि यो शिविर ‘सुनौलो अवसर’ सावित हुने अपेक्षा गरिएको छ।

    नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा हुने उक्त शिविरमा बाली विकास विज्ञ टोली बाट सिधै जाँच गरिनेछ। किसानले आफ्नो बालीमा देखिएको समस्या समाधान गराउन पात, हाँगा, जराजस्ता नमूना तथा वरिपरिको माटो लिएर शिविरमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ।

    शिविरमा प्रदान गरिने सेवा:

    तरकारी, फलफूल, मसला बालीमा देखिएको कीरा तथा रोगको पहिचान

    उत्पादनमा असर पुर्‍याउने कारकको विश्लेषण

    माटो परीक्षण

    सल्लाह र समाधानसहित उपचार विधि सुझाउने आदि।

    शिविर कार्यक्रम तालिका

    पहिलो दिन:
    मिति : २०८२ असार ६, शुक्रबार
    स्थान : टोखा नगरपालिका १, श्रीक चोक
    समय : दिउँसो १२:०० देखि ४:०० बजेसम्म

    दोस्रो दिन:
    मिति : २०८२ असार ७, शनिबार
    स्थान : टोखा नगरपालिका ३ को परिसर
    समय : बिहान ९:०० देखि ११:०० बजेसम्म

    शिविर आयोजना
    टोखा नगरपालिका, नगर कार्यपालिकाको कृषि विकास शाखा
    स्थान: मैजुहिटी, काठमाडौं

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै