• TOKHA LIVE

    • १ असार २०८२, आईतवार १५:३९

    सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न

     

    नविना श्रेष्ठ
    असार १,२०८२।

    नेपाल, भारत र बंगलादेशका पत्रकारहरूको उल्लेखनीय सहभागितासहित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनको अन्त्यमा मातृभाषा पत्रकारिता प्रवद्र्धनका लागि सात बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ।

    सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो। उहाँले मातृभाषा पत्रकारिता नेपालको संविधानले ग्यारेन्टी गरेको बहुल समाजको एकतालाई व्यवहारमा उतार्ने सशक्त माध्यम भएको बताउनुभयो। सरकारी सञ्चार माध्यममा विविध भाषाभाषीका सामग्रीहरु थप समावेश गरिनुपर्नेमा उहाँको जोड थियो।

    कार्यक्रमको पहिलो दिन ललितपुरको खुमल्टारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा, दोस्रो दिन भक्तपुरको थिमी बैंक्वेटमा सम्पन्न भयो। दोस्रो दिन मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले स्थानीय सरकारले मातृभाषा संरक्षणलाई प्राथमिकतामा राखेको र विद्यालयस्तरमै मातृभाषा अध्यापनका लागि तयारी भइरहेको जानकारी दिनुभयो।

    १०१ वर्षअघि नेपाल भाषामा ‘बुद्धधर्म वो नेपालभाषा’ पत्रिका प्रकाशन गरेर मातृभाषा पत्रकारिता सुरु गर्ने धर्मादित्य धर्माचार्यलाई स्मरण गर्दै यो सम्मेलन आयोजना गरिएको थियो। उहाँको योगदानको सम्मानस्वरूप सम्मेलनमा पाँचजना वरिष्ठ सञ्चारकर्मीहरूलाई ‘धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान’ प्रदान गरियो।

    कार्यक्रममा सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुभएको थियोे ’ पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले बताए।

    करिब ५० विदेशी पत्रकार तथा सय जना नेपाली पत्रकारहरु समिल्लित रहेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सार्क जर्नलिष्ट फोरम र फोनिजले सहकार्य गरेको थियो ।
    सम्मेलनमा नेपाल लगायत विश्वव्यापी रहेको मातृभाषा पत्रकारिताको चुनौती, अवसर र भविष्यका सम्भावनाहरूमा केन्द्रीत रहेर विभिन्न चरणमा प्यानल छलफल गरेको थियो । गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले नेपालको सरकारी सञ्चार गृहमा मातृभाषाको पत्रकारिताको अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाल, भारत र बंगलादेशका गरी पाँच जना वरिष्ठ सञ्चारकर्मीहरुलाई नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको थियो। यसअघि सन् २०२४ मा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन, सन् २०१८ र २०२२ मा राष्ट्रिय सम्मेलन गरेको थियो ।

    तपसिल एजेन्डामा छलफल भएको थियो ।
    १) मातृभाषा संरक्षणका लागि पत्रकारिता ।
    २) मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति ।
    ३) सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि ।
    ४) धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता ।
    ५) बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका ।
    ६) मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका ।
    ७) मातृभाषा पत्रकारितामा बजार व्यवस्था ।
    सम्मानित हुने व्यक्तित्वहरुः
    १) मल्ल के सुन्दर २) गणेश राई ३) अजितमान तामाङ्ग
    संस्थागत सम्मान प्रदान गरिने संस्थाहरुः
    १) रेडियो नेपाल २) गोरखापत्र ३) राष्ट्रिय समाचार समिति ४) नेपाल टेलिभिजन ५) प्रेस काउन्सिल नेपाल
    घोषणा पत्र तपसिल रहेको छ ।
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको काठमाडौँ घोषणापत्र नेपाल संवत् ११४५ (२०२५ ईस्वी संवत्)
    नेपाल भाषा पत्रिका “बुद्ध धर्म वो नेपालभाषा“ को प्रकाशनको १०१ वर्षको इतिहास मनाउँदै नेवाः पत्रकार राष्ट्रिय दबू, नेपालद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको काठमाडौँ (ललितपुर–थिमी) घोषणापत्र हो। यो सम्मेलन सार्क पत्रकार मञ्च र नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहयोगमा नेपाल संवत ११४५ तछलागा २–३ (बि.स. २०८२ जेष्ठ ३०–३१÷१३–१४ जुन २०२५) मा आयोजना गरिएको हो। मातृभाषाहरू विश्वबाट दिनप्रतिदिन लोप हुँदै गएको सन्दर्भमा, यस वर्ष “मातृभाषा संरक्षणका लागि पत्रकारिता“ भन्ने नाराका साथ यो सम्मेलन आयोजना गरिएको हो, मातृभाषा संरक्षणमा पत्रकारिता क्षेत्रको जिम्मेवारीलाई मान्यता दिँदै। सम्मेलनले नेपालका पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई सम्झना ग¥यो, जसले नेपाल भाषामा ’बुद्धधर्म वो नेपालभाषा’ प्रकाशित गरेर मातृभाषा पत्रकारिता सुरु गरेका थिए। यो घोषणापत्र २०१८ र २०२२ मा आयोजित पहिलो र दोस्रो राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन र २०२४ मा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको सन्दर्भ पनि हो।
    हामी, पत्रकार, मिडिया पेशेवर, विद्वान र सार्क देशका प्रतिनिधिहरू, ल्ँल्व् को संयुक्त पहलमा सार्क पत्रकार मञ्च र ँइल्क्ष्व् को सहयोगमा काठमाडौँ, नेपालमा आयोजना गरिएको मातृभाषा पत्रकारिता सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइरहेका छौं, भाषिक विविधता संरक्षण, समावेशी शासन प्रवद्र्धन र सीमान्तकृत समुदायको आवाजलाई बढावा दिन मातृभाषा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिँदै। मातृभाषा र आदिवासी भाषाहरूमा पत्रकारिताले लोकतान्त्रिक सहभागितालाई बलियो बनाउँछ, सामुदायिक विकास बढाउँछ र सांस्कृतिक सम्पदाको संरक्षण गर्छ भन्ने कुरा स्वीकार गर्दै। दिगो विकास लक्ष्य (क्म्न्क) का प्रतिबद्धताहरू, विशेष गरी गुणस्तरीय शिक्षा, शान्ति, न्याय र बलियो संस्थाहरू र असमानता न्यूनीकरणसँग सम्बन्धित, सम्झँदै। सम्मेलनको उद्घाटन र मन्तव्य र ऐक्यबद्धता व्यक्त गर्नुभएकोमा नेपाल प्रतिनिधि सभाका सभामुख माननीय देवराज घिमिरेप्रति कृतज्ञता व्यक्त गरे।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै