• TOKHA LIVE

    • ३२ जेष्ठ २०८२, शनिबार २०:४६

    रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्यको अभ्यास : विपद् पूर्व तयारीमा जोड

     

    नविना श्रेष्ठ
    २०८२ जेठ ३१, काठमाडौं

    काठमाडौँ — प्राकृतिक विपद् कहिले आउँछ भन्ने पूर्वानुमान गर्न कठिन हुन्छ। त्यसैले विपद् आउनु भन्दा पहिला नै सतर्कता र तयारी गर्नु बुद्धिमानी मानिन्छ। यही सन्देश फैलाउँदै, काठमाडौँको ऐतिहासिक रानीपोखरी परिसरमा मनसुनजन्य विपद् प्रतिकार्यको एक विशेष कृत्रिम अभ्यास सम्पन्न भयो।

    सशस्त्र प्रहरी बल नेपाल नं. २४ गुल्म हे.क्वा (प्रधान कार्यालय सुरक्षा) कान्तिपथ काठमाडौँको आयोजनामा तथा काठमाडौँ महानगरपालिकाको संयोजनमा सम्पन्न उक्त अभ्यासमा विभिन्न सुरक्षा निकाय तथा उद्धार टोलीको सहभागिता देखिएको थियो।

    कार्यक्रमकी प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल थिइन्। उनले अभ्यासको महत्वबारे बोल्दै भनिन्, “भोलि केही अप्रत्याशित भयो भने हाम्रो तयारी कस्तो छ भन्ने कुरा यस्ता अभ्यासबाट थाहा हुन्छ। विपद् आइपरेपछि मात्र होइन, त्यस अघि नै तयारीमा जुट्नुपर्छ। दक्ष उद्धारकर्मी उत्पादन गर्नु, तालिम दिनु र नियमित अभ्यास गर्नु आजको आवश्यकता हो।“प्रकृतिसँग प्रतिस्पर्धा गर्न सकिन्न, तर त्यसबाट आउने चुनौती सामना गर्न तयार रहन सकिन्छ।”- उपप्रमुख डंगोलले थपिन्।

    उक्त अभ्यासमा सशस्त्र प्रहरी बलका साथै महानगर प्रहरी, नेपाल स्काउट लगायत विभिन्न सुरक्षा तथा उद्धार निकायको सक्रिय सहभागिता रहेको थियो।मनसुन सुरु हुनै लागेको यो समयमा गरिएको यस्तो अभ्यासले राजधानीवासीमा आपत्कालीन अवस्थाको तयारी र सचेतनामा सन्देश पु¥याएको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै