• TOKHA LIVE

    • ३० जेष्ठ २०८२, बिहीबार १९:१७

    काठमाडौँ क्षेत्र नं.५ का विनियोजन भएका २०८२/८३ का योजनाहरू स्वास्थ्यमन्त्री पौडेलको पहलमा प्रस्तुत

    नविना श्रेष्ठ
    काठमाडौं  जेठ २९/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद प्रदीप पौडेलको सक्रिय पहलमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यो क्षेत्रका विविध विकास योजना सार्वजनिक भएका छन्।

    स्वास्थ्य मन्त्रीको अगुवाइमा सहरी विकास, भौतिक पूर्वाधार, स्वास्थ्य, जनसङ्ख्या, खेलकुद र खानेपानी मन्त्रालयमार्फत विभिन्न योजनाहरू अघि बढ्ने भएका छन्। ती योजनाहरूले काठमाडौँ क्षेत्र नम्बर ५ मा स्थानीय विकासको गति थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

    प्रस्तावित योजनाहरूमा:

    🔹 धुम्बाराहीस्थित ऐतिहासिक मन्दिरको मर्मत र सौन्दर्यीकरण
    🔹 टोखा–२ मा बज्रयोगिनी सडक स्तरोन्नति
    🔹 टोखा–३ को बखुण्डोल गेटदेखि टोखामूलसम्मको बाइपास सडक निर्माण
    🔹 स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा जनमुखी योजना कार्यान्वयन

    यी योजनाहरूले काठमाडौँ–५ का बासिन्दाको दैनिक जीवन सहज बनाउनुका साथै स्थानीय संस्कृति, पर्यटन, यातायात र आधारभूत सेवामा दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ।

    मन्त्री पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत भनका छन्, “जनताको विश्वासलाई कर्मबाट जवाफ दिने प्रतिबद्धताका साथ हामी योजनाहरूको पारदर्शी कार्यान्वयनमा जुटेका छौँ। तपाईंहरूको साथ र सुझाव हाम्रो लागि ऊर्जा हो।”

    अझ विस्तृत योजना विवरण र बजेट विनियोजन केही दिनभित्र सार्वजनिक गरिने जानकारी मन्त्रालयले जनाएको छ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै