• TOKHA LIVE

    • ३० जेष्ठ २०८२, बिहीबार १८:२७

    संगीत महोत्सव गरेर ज्याः पून्हि मनाइयो

    काठमाडौं जेठ २९/
    संगीत महोत्सव गरेर जेठ शुक्ल पुर्णिमा अर्थात ज्याः पून्हि मनाइएको छ। ३८८ वर्ष अघि देखि निरन्तर रुपमा जेठ शुक्ल पुर्णिमाका दिन संचालन भइरहेको शास्त्रीय संगित महोत्सव हिजो बुधबार मनाइएको हो।
    ३८८ वर्ष देखि अर्थात सिद्धिनरसिहं मल्लको पालादेखि हिजोको दिन ललितपुरमा शास्त्रीय संगीत महोत्सव गर्ने चलन छ।

    संगीत महोत्सवमा राजा सिद्धिनरसिहं मल्लले तयार गरेका राग मल्हारसहित ३१ वटा गीत गाउने गरिन्छ। ३८८ वर्ष अघि देखि निरन्तर रुपमा संगीत महोत्सव भइरहेकोले ज्याः पून्हि दिनलाई राष्ट्रिय संगित दिवसको रुपमा घोषणा गर्नका लागि स्थानीयले माग गर्दै हिजो संगित महोत्सव गरिएको हो।

    मंगलबजारमा हिजो परम्परागत शास्त्रीय संगितसहित विभिन्न कलाकारहरूको प्रस्तुती सहितको सांगितिक कार्यक्रम भएको हो । कार्यक्रमको आयोजना कार्तिक नाच संरक्षण समिति तथा ललितपुरका विभिन्न जातिय समाज, विभिन्न संघसंस्थाको सह आयोजनामा भएको हो ।

    परम्परागत रुपमा निरन्तर रुपमा चलिरहेको सिद्धिनरसिहं मल्लका गीतहरुको प्रस्तुतीको कार्यक्रमपछि बेलुकी विभिन्न कलाकारहरुको सांगितिक कार्यक्रम भएको हो।संगित दिवसको रुपमा लिएर हिजो मंगलबजारमा मात्र नभएर बुंगमती, खोकना, किर्तिपुर, पोखरा, भक्तपुर, तानसेन, टोखा, दोलखा लगायतमा पनि सांगितिक कार्यक्रम भएको छ।

    त्यस्तै हिजो मंगलबजारमा मल्लकालीन सिहांसन र परम्परागत पौभाको पनि प्रदर्शन गरिएको छ। हरेक वर्ष जेठ शुक्ल पुर्णिमाका दिन मंगलबजारमा राजा सिद्धिनरसिहं मल्लका छोरा श्रीनिवास मल्लको सिहांसन सहित पौभा प्रदर्शन गरिने चलन अनुसार हिजो प्रदर्शन गरिएको हो।

     

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै