• TOKHA LIVE

    • ३० जेष्ठ २०८२, बिहीबार १८:२०

    टोखा वडा नं. ३ मा भोलि सार्वजनिक सुनुवाई कार्यक्रम, सहभागिताको हार्दिक आह्वान

    टोखा, काठमाडौं २९/

     टोखा नगरपालिका वडा नं. ३ ले भोलि जेष्ठ ३० गते, शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ। यस कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै स्थानीयबासीको सल्लाह, सुझाव र सरोकारमा आधारित छलफल गरिनेछ।

    वडाले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू लगायत यस वडामा बसोबास गर्नुहुने सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना विचार साझा गर्न आग्रह गरेको छ।

    सार्वजनिक सुनुवाई भोलि टोखा नगरपालिका वडा नं. ३ को कार्यालय प्राङ्गणमा बिहान ७:३० बजे देखि १०:०० बजेसम्म

    सार्वजनिक सुनुवाई स्थानीय सरकार र जनताबीचको सेतु हो। यस अवसरमा जनताको सशक्त सहभागिता र सुझावले वडाको आगामी योजनाहरू अझ प्रभावकारी बन्ने वडाध्यक्ष रमेश डंगोलले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै