• TOKHA LIVE

    • ३० जेष्ठ २०८२, बिहीबार १३:३८

    टोखा स्पोर्ट्स क्लबको आयोजनामा दोस्रो रक्तदान कार्यक्रम हुँदै

     

    टोखा, जेठ २९ /“रगतले जीवन बचाउँछ” भन्ने भावनासँगै टोखा स्पोर्ट्स क्लबले विश्व रक्तदाता दिवसको अवसरमा दोस्रो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दैछ।

    टाेखा नगरपालिका वडा २ स्थित यहाँको गणेशस्थान परिसरमा आगामी शनिबार, २०८२ जेठ ३१ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने क्लबले जानकारी दिएको छ। यस सामाजिक कार्यमा स्थानीय युवाहरूको उत्साहपूर्ण सहभागिता अपेक्षित गरिएको छ।

    कार्यक्रमको मूल उद्देश्य रक्त अभावका कारण कसैको ज्यान नजाओस् भन्ने मानवीय भावना हो। “Give the gift of life. Donate blood” भन्ने नारालाई आत्मसात गर्दै क्लबले यो कार्यक्रमको निरन्तरता दिँदै आएको क्लबका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।

    कार्यक्रममा टाेखा नगरपालिकाको सहयोग तथा ग्राण्डी इन्टरनेसनल अस्पतालको प्राविधिक सहयोग रहनेछ भने नेपाल रेडक्रस सोसाइटीको सक्रिय सहकार्यमा रक्त संकलन हुनेछ।

    टोखा स्पोर्ट्स क्लबका अनुसार यस रक्तदान कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश दिनुका साथै, युवाहरूलाई सामाजिक सेवातर्फ उन्मुख गराउने उद्देश्य राखिएको छ।

    सम्पर्कको लागि:
    📞 9861235137 / 9801220508

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै