नविना श्रेष्ठ
जेठ २७,२०८२
नयाँ पुस्तालाई सम्पदा पहिचान सहित सांस्कृतिक महत्त्व बुझाउने उद्देश्यले सोमबार काठमाडौँमा सम्पदा पदयात्रा प्रतियोगिता आयोजना गरेको थियो। भनिन्छ किताबी ज्ञानले मात्र मानिसको जीवन जिउन एक व्यक्तिलाई गाह्रो छ। त्यसकारण एक व्यक्ति जिउन उसलाई किताबी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञानको अति आवश्यकता रहेको तपाईं हामी सबैलाई अवलोकन भएकै कुरा हो। यिनै कुरालाई मध्यनजर गरी हिजो पदयात्रा कार्यक्रम सुरु गरेको हो। मानिसको जीवनमा किताबी शिक्षा भन्दा पनि व्यवहारिक शिक्षाको धेरै महत्व रहेको हामी सबैलाई जानकारी भएकै कुरा हो। व्यवहारिक शिक्षा पाउने एक संस्था हो नेपाल स्काउट, नेपाल स्काउटको एउटा छुट्टै नियम छ, छुट्टै सिद्धान्त छ, स्काउट नियम र सिद्धान्तलाई पालना गरी हिजाे पदयात्रा प्रतियोगिता कार्यक्रम सुरु गरेको हो ।
नेपाल स्काउटले प्रत्येक बालबालिकाहरुलाई व्यवहारिक ज्ञानहरू दिँदै आइरहेको छ र व्यवहारिक ज्ञान पाउनको निम्ति एक घरबाट एक बालबालिका स्काउटमा आबद्ध भएको खण्डमा उसले व्यवहारिक ज्ञानहरू धेरै पाउने छन्।
यिनै कुराहरूलाई मध्यनजर गरी काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघको आयोजना तथा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा भएको प्रतियोगितामा स्काउट भाइबहिनीहरूको सहभागिता रहेको थियो। संस्थागत सामुदायिक ३३ वटा विद्यालयका कक्षा ८,९,१० का विद्यार्थीहरू ५०८ जना ब्यईज र गल्सहरुकाे सहभागिता रहेको थियो।
आठ आठ जनाको टिममा ब्यईज र गर्ल्सहरूले करिब ८ किलोमिटर दूरीका काठमाडौँ सम्पदा क्षेत्रहरूको पदयात्रा गरेको थियो। संङ्घका महासचिव पुरुषोत्तम डंगोलले सम्पदा यात्रा प्रतियोगिताको यो पहिलो कार्यक्रम हो। यस पदयात्रा अवलोकन गरेका सम्पदाको नक्सा बनाउने, सम्पदाहरूका बारेमा दिएको विवरणबारे प्रश्न उत्तर गरेपछि केही दिनमा विजेता घोषणा गरि सम्मान गर्ने बताएका छन् ।सम्पदा पदयात्रा वसन्तपुरबाट सुरु भएर झोछें, फल्चासा, चिलाछें, अट्काेनारायण,चिकंमुगल, भीमसेनथान, इलाछें काष्ठमण्डप, गणेशथान, हनुमानढोका, मखन, इन्द्रचोक, बिजेश्वरी, धिमेल्बह,स्वयम्भू हुँदै सरस्वती मन्दिरमा समापन गरिएको थियो।
सम्पदा पदयात्रा प्रतियोगिताका संयोजक रञ्जनलाल श्रेष्ठले पुर्खाले छोडेर गएको नासो सम्पदालाई चिन्नुपर्छ, बुझ्नुपर्छ र जगेना गर्नुपर्छ ,भनेर कार्यक्रम आयोजना गरेको बताए। बागमती प्रदेश सदस्य शैलेन्द्र बज्राचार्यले कार्यक्रमलाई पुस्तान्तरण र हस्तान्तरण हुनुपर्छ भन्ने उद्देश्यले रूपान्तरण का रूपमा लिएको उहाँले बताए। त्यसैगरी पदयात्रा कार्यक्रममा सहभागी स्काउटका भाइबहिनीहरूलाई सहज रूपमा आफ्नो गन्तव्यसम्म पुग्न सजिलोको लागि ठाउँ ठाउँमा बुट इन्चार्जहरू बसी साथ र सहयोग गरेको थियो। साथमा रोभर रेन्जरहरू नेपाल प्रहरी आर्मी ट्राफिक प्रहरी सम्पदा क्षेत्रका महानुभावहरूको साथ र सहयोगमा यो कार्यक्रम सफल भएको भएको थियो।
राष्ट्रिय प्रशिक्षक अनिता मानन्धर ,लीला श्रेष्ठ, सुभद्रा क्षेत्री, रिताराज भण्डारी, रञ्जनलाल श्रेष्ठ, गणपतिलाल श्रेष्ठ, सुशीला बिष्ट, प्रभा महर्जन, अम्बिका पाण्डे, पुष्पराज सिम्खडा,उमेशलाल नेपाली, पुनम डंगोल ,सचित बुढाथोकी, दिपेश रन्जित ,मुकेश शाही, ज्याेत्सना खड्का, मिना पराजुली, अमृत राई ,सरन नापित, गुणराज पुलामी ,समीर गुरुङ, दिपेन्द्र खड्का ,सपना श्रेष्ठ, सुजित श्रेष्ठ ,केशव पन्त, सज्जन श्रेष्ठ ,लक्ष्मण महर्जन, रामचन्द्र थापा उहाँहरूको साथ सहयोगमा कार्यक्रम सम्पन्न भएको हाे।


