• TOKHA LIVE

    • २८ जेष्ठ २०८२, मंगलवार १९:२५

    टोखामा फिल्मी शैलीमा प्रहरीको कारबाही : लागुऔषधमा संलग्न चार भारतीय नागरिक पक्राउ 

     

    टाेखा काठमाडौं जेठ २७/
    टोखा ग्राण्डी अस्पताल नजिकै आज बिहान एक अनौठो र तनावपूर्ण दृश्य देखियो। लागुऔषध कारोबारमा संलग्न एक समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्करबीच झडप भयो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो।

    घटनामा दुई जना लागुऔषध कारोबारी गोली लागेर घाइते भए भने त्यही समूहका थप दुईलाई सामान्य अवस्थामा पक्राउ गरिएको छ। प्रहरी कारबाहीका क्रममा दुई जना प्रहरी जवान पनि घाइते भएका छन्।

    खुट्टामा गोली लागेर घाइते भएका दुई भारतीय नागरिकको साथमा ब्राउन सुगर भेटिएको छ । प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।प्रत्यक्षदर्शी स्थानीय बासिन्दाका अनुसार, घटनाको बेला यस्तो लाग्यो जस्तो कुनै फिल्मको सुटिङ भइरहेको हो। “मानिस ढलिरहेको देख्दा हामी त बौलायौं,” एक स्थानीयले भने। घटनास्थलमा अहिले पनि झोला, फलामका रड र रगतको खोका देखिन्छ।

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार लागुऔषध कारोबारबारे गुप्त सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेल नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। त्यहीं प्रहरीमाथि आक्रमण भएपछि बाध्य भएर गोली चलाउनुपरेको बताइएको छ।

    घाइते कारोबारीहरूको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ। प्रहरी घाइतेमध्ये रवीन्द्र केसी र नवराज घिसिङको अहिले उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै