• TOKHA LIVE

    • २७ जेष्ठ २०८२, सोमबार १२:४८

    टोखा वडा ३ का जेष्ठ नागरिकलाई धार्मिक भ्रमण गराउने 

    टोखा काठमाडौं जेठ २६/
    जीवनका हरेक अध्यायमा संघर्ष, त्याग र अनुभवका गाथा बोकेर हिँड्नुभएका टोखाका जेष्ठ नागरिकहरूका लागि  टोखा नगरपालिका वडा नं. ३ ले उहाँहरूको सम्मानमा विशेष धार्मिक भ्रमणको आयोजना गर्ने भएको छ।

    वडाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअनुसार, समाजका आधारस्तम्भ बनिरहेका जेष्ठ नागरिक र महिला भत्ता प्राप्त गरिरहेकी  महिला हरुलाई नुवाकोटस्थित देविघाट मन्दिरको दर्शन गराउने उद्देश्यले एक दिवसीय सांस्कृतिक यात्रा तय गरिएको हो।

    यस यात्राले जेष्ठ नागरिकहरूको मनमा सम्मानको अनुभूति मात्रै होइन, समाजसँगको गहिरो नाता र एक आपसमा जोडिने आत्मीयताको सेतु पनि निर्माण गर्नेछ। नुवाकोटस्थित देविघाट मन्दिर जसले शताब्दीयौंदेखि नेपाली इतिहास, संस्कृति र धार्मिक आस्थालाई बोकेको छ, त्यहीँसम्मको यात्रामा उहाँहरू सामेल हुनेछन्।

    भ्रमणको मिति र समय:

    • मिति: २०८२ जेठ ३१ गते, शनिबार

    • स्थान:नुवाकोटस्थित देविघाट मन्दिर

    • प्रस्थान समय: बिहान ७:३० बजे, वडा कार्यालयको प्राङ्गणबाट

    सहभागी बन्न सक्ने व्यक्ति:

    • वडा नं. ३ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका जेष्ठ नागरिक

    • एकल महिला भत्ता प्राप्त गरिरहेकी एकल महिला

    यो सानो प्रयासले उहाँहरूमा समाजले दिएको कदर महसुस गराउने विश्वास लिइएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै