• TOKHA LIVE

    • २६ जेष्ठ २०८२, आईतवार ०८:५९

    टोखा नगरपालिकाले खोलामा फोहोर फाल्नेलाई कारबाही गर्न मोबाइल एप ल्यायो

     

    टाेखा काठमाडौं, जेठ २५
    विश्व वातावरण दिवसको अवसर पारेर टोखा नगरपालिकाले फोहोरमुक्त शहर अभियानलाई थप सशक्त बनाउँदै एउटा अनौठो र प्रभावकारी कदम चालेको छ। अब खोलामा फोहोर फाल्नेलाई मोबाइल एपमार्फत पहिचान गर्न सकिनेछ, अनि त्यही आधारमा जरिवाना पनि गरिनेछ।

    टोखा नगरपालिकाले सार्वजनिक स्थल, सडक, मठमन्दिर र खोलामा फोहोर फाल्नेको सूचना संकलन गर्न नयाँ मोबाइल एप सार्वजनिक गरेको छ। विशेष कुरा के छ भने एपमार्फत फोटो खिचेर पठाउनेलाई नै नगरपालिकाले जरिवानाको ५० प्रतिशत पुरस्कारस्वरूप दिनेछ। अर्थात्, फोहोर देख्नुभयो? फोटो खिच्नुस्, एपमा पठाउनुस्, कारबाही हुनेछ र तपाईंले नगद पुरस्कार पाउनुहुनेछ।

    टाेखा नगर प्रमुख प्रकाश अधिकारीले भन्नुभयो, “हामी सफा टोखा बनाउने संकल्पमा छौं। ल्याण्डफिल्डको अभाव छ, तर पुनःप्रयोग र पुनःचक्रणमा आधारित फोहोर व्यवस्थापनलाई प्राथमिकता दिंदै अगाडि बढेका छौं।”

    विद्यालयस्तरीय प्रतियोगिताबाट वातावरणप्रतिको जागरुकता

    यस अवसरमा आयोजित ठोस फोहोर पुनःप्रयोग तथा पुनःचक्रण अन्तरविद्यालय प्रदर्शनीमा टोखाका १८ वटा विद्यालयले भाग लिएका थिए। उत्कृष्ट कार्य प्रस्तुत गर्ने विद्यालयलाई नगदसहित प्रमाणपत्र प्रदान गरियो।

    • धापासी मावि – प्रथम पुरस्कार (रु. १५,०००)
    • बौंडेश्वर मावि – द्वितीय पुरस्कार (रु. १२,०००)
    • न्यू मालाश्री इङ्लिस स्कुल – तृतीय पुरस्कार (रु. ९,०००)
    • नितेन मेमोरियल स्कुल – शान्त्वना पुरस्कार (रु. ५,६०००)
      अन्य सहभागी १४ विद्यालयलाई सहभागिता प्रमाणपत्र दिइएकोथियो।

    सफाईकर्मी र अभियन्ताको सम्मान

    विष्णुमती सफाई अभियान अन्तर्गत खोलामा ५० हप्ता निरन्तर पस्ने १८ जना सफाईकर्मीहरूलाई नगदसहित सम्मान गरियो।

    • उत्कृष्ट सफाईकर्मी ढालबहादुर दर्जीलाई रु. १०,०००
    • अन्य सफाईकर्मीलाई जनही रु. ५,०००

    तीन उत्कृष्ट फोहोर संकलन कम्पनीहरू

    • हिमालयन वातावरण संरक्षण प्रा.लि.
    • हातेमालो क्लिन सिटी प्रा.लि.
    • नेपाल फुलबारी सेवा प्रा.लि.
      यी कम्पनीहरूलाई कदरपत्रबाट सम्मान गरियो।

    सामाजिक अभियानकर्तालाई पनि सम्मान

    सफाई अभियन्ता, पत्रकार, सुरक्षा निकाय र वडास्तरीय जनप्रतिनिधिहरूलाई पनि कार्यक्रममार्फत सम्मान गरिएको थियो।
    सम्मानित हुनेमा पत्रकार सुशान्त न्यौपाने, अभियन्ता रेणु अधिकारी, विदुर राना मगर, कविन्द्र थापा, वडासदस्य अनुप राई, तथा सशस्त्र प्रहरी बल नेपाल, पूर्व प्रहरी संगठन, र लायन्स क्लब अफ काठमाडौं आशीर्वाद रहेका छन्।

    हरित अर्थतन्त्रतर्फको पाइला

    कार्यक्रममा बोल्दै शिलशिला आचार्य, अभ्नी भेन्चर्सकी निर्देशकले प्लास्टिक मुक्त टोखा बनाउन स्थानीय सरकारको प्राथमिकता अपरिहार्य भएको बताइन्।
    “नेपालमा हरित अर्थतन्त्र निर्माणको सपना पुरा गर्न सकिन्छ, यदि फोहोर व्यवस्थापनमा सशक्त नीति र नागरिक सहभागिता रहेमा,” उनले भनिन्।

    कार्यक्रमको समापन वातावरण तथा विपद् शाखा प्रमुख ई. अनुषा शर्माको सञ्चालनमा सम्पन्न भयो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै