• TOKHA LIVE

    • २२ जेष्ठ २०८२, बुधबार १४:३४

    टोखा वडा नं. २ मा युवा लक्षित एकाउन्ट तथा कम्प्युटर तालिमको अवसर

     

    टाेखा काठमाडौं जेठ २१ / टोखा नगरपालिका वडा नं. २ द्वारा आयोजना गरिने एकाउन्ट प्याकेज र कम्प्युटर सपोर्ट सफ्टवेयर तालिमका लागि आवेदन दिने इच्छुक युवाहरूलाई फारम बुझाउन अत्यावश्यक सूचना प्रकाशित गरिएको छ।

    वडाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अन्तर्गत युवाहरूको क्षमता विकास र रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले यो तालिम संचालन गर्न लागेको हो। वडास्तरीय लक्षित कार्यक्रम अन्तरगतको यो तालिममा सहभागी हुन चाहने SLC वा SEE उत्तीर्ण युवाहरूले जेठ २३ गते सम्ममा वडा कार्यालयमा फारम बुझाउनुपर्नेछ।

    टाेखा २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “यस्तो तालिमले युवाहरूलाई प्राविधिक दक्षता प्रदान गरेर रोजगारीका अवसर सिर्जना गर्न सघाउँछ। त्यसैले इच्छुक सबै युवाहरूले समयमै फारम बुझाएर यो अवसरको उपयोग गर्नुहोला।”

    थप जानकारीका लागि टाेखा वडा नं. २ को कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै