• TOKHA LIVE

    • २१ जेष्ठ २०८२, मंगलवार ०९:५७

    टोखा वडा नं ९ मा नेपाल भाषा र लिपि तालिम सुरु , भाषा जगेर्नाका लागि समुदायको सक्रिय पहल

     

    टोखा, काठमाडौं जेठ २०/
    टोखा नगरपालिका वडा नं ९ को सभाहलमा आयोजित एक विशेष कार्यक्रममा नेपाल भाषा तथा लिपि तालिमको औपचारिक शुभारम्भ गरिएको छ। भाषा संरक्षण तथा प्रवर्द्धनको उद्देश्यसहित सुरु गरिएको यो तालिम टोखा नगरपालिका वडा नं ९ को कार्यालय गोगंबुको आयोजनामा भएको हो।

    कार्यक्रमको प्रमुख अतिथि टाेखा वडा नं ९ का अध्यक्ष रामभक्त घिमिरे हुनुहुन्थ्यो। उहाँसँगै वडा सदस्य, महिला वडा सदस्य, कार्यपालिका सदस्यहरू, नेवाः पुचःका अध्यक्ष, समाजसेवीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    तालिममा प्रशिक्षकका रूपमा श्री कृष्ण मानन्धर, श्रीजना महर्जन, सरोज डंगोल र सुजन श्रेष्ठले भूमिका निर्वाह गर्नुभएको छ। उनीहरूको योगदानले तालिमलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउने विश्वास गरिएको छ।

    कार्यक्रमको उद्देश्य नेपाल भाषा र लिपिको प्रयोग, संरक्षण र आगामी पुस्तामा हस्तान्तरण सुनिश्चित गर्नु हो। सहभागीहरूमा नेपाल भाषा र संस्कृति प्रतिको उत्साह र जिम्मेवारी स्पष्ट देखिन्थ्यो।

    भाषा कुनै पनि समुदायको पहिचान र आत्माको स्वर हो। यस्ता तालिमहरू मार्फत टोखा नगरपालिकाले भाषा जगेर्नाको यात्रामा एक सशक्त पाइला चालेको प्रशिक्षकहरुले औल्याए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै