काठमाडौं जेठ २०/
सोमबार राति सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको हो।
किर्केटप्रेमी नेपालीका लागि यो दिन कहिल्यै नबिर्सने बन्न पुग्यो। रोमाञ्चक र मनछुने क्षणहरूसँगै नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।
५० ओभरको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २९६ रन बनाएको थियो। सि टियरले ८० रन (७२ बलमा) को शानदार पारी खेले भने एम सि क्रेअथ ले ५५ रन र बरिङटमले ४० रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याए। नेपालका बलरहरूमध्ये करण केसी,सोमपाल कामि र आर ढकाल ले समान २–२ विकेट लिएर टोलीलाई सम्हालेर राखे।
तर असली नायकत्व नेपालका ब्याट्सम्यानहरूले देखाए। खेलको उत्तरार्द्धसम्म चाप थियो, विकेटहरू खसिरहेका थिए, तर करण केसीको विस्फोटक ६५ रन (४१ बलमा), कुशल भुर्टेलको तेज ५३ रन र गुल्सन झाको ४२ रनको योगदानले खेलको रङ नै फेर्दियो। अन्तिम ओभरसम्म पुगेको खेलमा नेपालले ९ विकेट गुमाएर २९७ रन बनाउँदै जित हात पारे।
बलिङतर्फ स्कटल्यान्डका B McMullen ले ३ विकेट लिए पनि नेपाली जुझारुपन सामु टिक्न सकेनन्।
जसरी जितियो खेल, त्यसले बनायो इतिहास।
नेपालको यो जित न केवल अंकको हिसाबले महत्त्वपूर्ण रह्यो, बरु आत्मविश्वास, संयमता र सामूहिक प्रयासको प्रतीक बन्न पुग्यो।
एक विकेट बाँकी हुँदा गरिएको जितले नेपाली क्रिकेटको भविष्य अझ उज्यालो बनाउने संकेत दिएको छ।
जितसँगै १३ खेलबाट आठ अंक जोडेको नेपाल तालिकामा सातौं स्थानमा उक्लिएको छ। नेपालभन्दा चार खेल बढी खेलेको स्कटल्यान्ड २० अंकसहित चौथो स्थानमा यथावत् छ।

