टाेखा काठमाडौं जेठ १७ /
नेपालभाषा (नेपाः) को संरक्षण, प्रवर्द्धन र साहित्यिक क्षेत्रको समर्पित साधक टाेखाका वरिष्ठ पत्रकार हिकमत डंगोललाई ‘नेपाः प्रेष्टिज’ सम्मान प्रदान गरिएको छ।
यो सम्मान ललितपुर पब्लिकेशन (प्रा.) लि. द्वारा आयोजित विशेष समारोहमार्फत प्रदान गरिएको हो। मंगलबजार यलस्थित कार्यक्रमले डंगोलको दीर्घकालीन योगदानको उच्च कदर गर्दै, उनीप्रति हार्दिक आभार प्रकट गर्यो।
कार्यक्रममा यल महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर पब्लिकेशनका प्रवन्ध निर्देशक नरेन्द्रमान श्रेष्ठ र सम्पादक नरेन्द्रबहादुर राजभण्डारीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले डंगोलले नेपाली समाजमा नेपालभाषा र संस्कृतिको जगेर्ना गर्न खेलेको भूमिका अतुलनीय रहेको बताउँदै, यस्ता साधकहरूबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे। डंगोललाई नेपाल संवत् ११४५ बछलागाः द्वादशी, अर्थात् २०८२ साल जेठ १० गते शनिबार, यो सम्मान प्रदान गरिएको हो।
पत्रकार हिकमत डंगोल विगत तीन दशकदेखि हालसम्म क्रियाशिल रहनु भएका स्थानीय टाेखाको जिवन्त परम्परागत मौलिक , भाषा, कला , संस्कृतिको सबल पक्षलाई उजागर गरि निरन्तर योगदान दिइ टाेखाको संस्कृति र सामाजिक क्षेत्रका विविध पहिचान नेपाल समाचार पत्र , साधना, कामना टाेखा लाइभ डट कम लगायत संचार माध्यमबाट प्रचारप्रसार गरि विश्व माझ पुर्याउन उल्लेखनीय भुमिका खेल्दै आइरहेका छन् ।

