• TOKHA LIVE

    • १४ जेष्ठ २०८२, मंगलवार ०८:४०

    गणेश इङ्ग्लिश से. स्कूलमा लागूपदार्थ दुरुपयोग र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे एक दिवसीय सचेतना कार्यक्रम

     

    टोखा काठमाडौं जेठ १३/ टाेखा नगरपालिका  वडा ३ स्थित गणेश इङ्ग्लिश सेकेन्डरी स्कूलले कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि एक दिवसीय विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। लघु उद्यम महिला समूहको सहकार्यमा टाेखा नगरपालिकाद्वारा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूलाई लागूपदार्थको दुष्प्रभाव र सामाजिक सञ्जालको सही उपयोगबारे गहिरो जानकारी दिएको छ।

    कार्यक्रममा अतिथि वक्ताहरूले आफ्ना जीवनका साँचो अनुभवहरू सुनाउँदै, लागूपदार्थ दुर्व्यसन र साइबर दुव्र्यवहारका खतराहरूबारे भावुक तरिकाले प्रस्तुत गरेका थिए। अन्तरक्रियात्मक कार्यशाला, संवाद र अभ्यासमार्फत विद्यार्थीहरूले कसरी साथीसँगको दबाबबाट जोगिने, डिजिटल सुरक्षा कायम राख्ने र सामाजिक सञ्जालमा जिम्मेवार व्यवहार गर्ने भन्ने विषयमा उपयोगी कुरा सिके।

    कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले स्वस्थ बानी अपनाउने र डिजिटल जिम्मेवारी पालन गर्ने शपथ लिए। यस अर्थपूर्ण अवसरको लागि लघु उद्यम महिला समूहलाई विद्यालय परिवारबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै