• TOKHA LIVE

    • १४ जेष्ठ २०८२, मंगलवार ०५:२९

    टोखामा वर्षे फलफूलका विरुवा निःशुल्क वितरण हुने

     

    टोखा काठमाडौं जेठ ११/ कला, संस्कृति र समृद्धिको सुन्दर संयोजन बोकेको टोखा नगरपालिकाले कृषकहरूलाई सशक्त बनाउँदै कृषि आत्मनिर्भरतातर्फ एक कदम अघि बढाएको छ। नगरको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को “फलफूल प्रवर्द्धन कार्यक्रम” अन्तर्गत यस वर्ष पनि कृषकहरूलाई सतप्रतिशत अनुदानमा वर्षे फलफूलका विरुवा वितरण गर्ने भएको छ।

    कागती, मुन्तला, एभोकाडो, आँप र अम्बाजस्ता गुणस्तरीय फलफूलका विरुवा अब इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, निजी कृषि फार्म र कौसी/करेसाबारीमा खेती गर्न चाहने व्यक्तिहरूले निःशुल्क पाउनेछन्।

    यो अवसर प्राप्त गर्न चाहनेहरुले २०८२ साल जेठ २५ गतेभित्र टोखा नगरपालिका कृषि विकास शाखामा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ। समयमै निवेदन नगरेमा कुनै पनि कारवाही नहुने स्पष्ट गरिंदै, तोकिएको म्यादभित्र मात्र आवेदन दिन आग्रह गरिएको छ।

    पेश गर्नु पर्ने कागजातहरूः

    १. विरुवा माग गरिएको निवेदन

    २. समूह/सहकारी/फार्मको दर्ता तथा नविकरण प्रमाणपत्र र सम्बन्धित वडा कार्यालयको प्रमाणपत्र

    ३. व्यक्तिगत निवेदकको नागरिकताको प्रतिलिपि र वडा कार्यालयको सम्पत्ति कर चुक्ता रसिदको प्रतिलिपि

     

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वि.सी.ले नगरबासीलाई यस्ता कृषि कार्यक्रममार्फत आर्थिक रुपमा सशक्त बनाउँदै नगरलाई हराभरा बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ।

    थप जानकारीका लागि कृषि विकास शाखामा वा निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ: ०१-४९८५०१३ / ९८४१०१५१७५ / ९८४३१८४१६७ / ९८४२९७३७४५

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै