• TOKHA LIVE

    • १३ जेष्ठ २०८२, सोमबार १८:११

    टोखा अस्पतालमा शल्यक्रिया सेवा सुरु, मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा उद्घाटन

     

    नविना श्रेष्ठ
    टोखा, जेठ १२

    टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा आज एक महत्वपूर्ण अध्यायको सुरुवात भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री किरण थापाको हातबाट शल्यक्रिया कक्ष, एचडीयु, इन्डोस्कोपी सेवा, अक्सिजन पाइपलाइन, तथा निःशुल्क गर्भपतन सेवा औपचारिक रूपमा उद्घाटन गरियो।

    स्वास्थ्य सेवा विस्तारमार्फत जनताको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रमले स्थानीयवासीमा नयाँ आशा जगाएको छ। उद्घाटन समारोहलाई व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खड्गीले सभापतिको रूपमा नेतृत्व गर्नुभयो।

    कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा खानेपानी मन्त्री श्याम खड्का, वडा नं. २ का सभापति हेराकाजी महर्जन डंगोल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टाेखा वडा नं. २ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टाेखा वडा नं. ३ का अध्यक्ष रमेश डंगोल, टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, अस्पतालका पुर्व अध्यक्ष युथ महर्जन ,टोखा नगरपालिकाका पूर्व उपमेयर ज्ञानमाया डंगोल लगायत समाजका अग्रज व्यक्तित्वहरूको उपस्थिति थियो।

    उपस्थित सबैले टोखा अस्पतालको सेवा विस्तारलाई स्वागत गर्दै यो कदमले स्थानियवासीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै