• TOKHA LIVE

    • १२ जेष्ठ २०८२, आईतवार १३:४८

    टाेखा नगरपालिका क्रीकेट कप : एपी स्कुललाई १० रनले पराजित गर्दै सरस्वती मावि फाइनलमा

    टाेखा काठमाडौं ११ जेठ ।

    टोखा नगरपालिकाद्वारा आयोजित क्रिकेट कप २०२५ को दोस्रो सेमिफाइनलमा सरस्वती माध्यमिक विद्यालयले एपी स्कुलविरुद्धको खेलमा रोमाञ्चक १० रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

    १० ओभरको निर्धारित खेलमा सरस्वती  माविले ५ विकेटको क्षतिमा ७३ रन बनाएको थियो। टोलीका लागि शैलेन्द्र देवकोटाले २१ बलमा १९ रन बनाउँदै अग्रणी भूमिका खेले। रञ्जन यादवले अन्त्यसम्म अविजित ११ रन बनाएर टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए।

    बलिङतर्फ एपी स्कुलका बिशाल बुद्धा प्रभावशाली रहे – ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए। उनलाई साथ दिएका दर्शिल पन्तले २ विकेट लिएर सरस्वतीको ब्याटिङलाई दबाबमा राखे।

    तर जब एपी स्कुल लक्ष्य पछ्याउन मैदानमा उत्रियो, सरस्वतीले बलिङ आक्रमणले खेलमा निर्णायक मोड ल्यायो। शैलेन्द्र देवकोटाले ३ विकेट लिएर विपक्षीको मेरुदण्ड भत्काइदिए। निखिल शर्मा र कृष्णनाथ योगीले पनि क्रमशः १-१ विकेट लिए। एपी स्कुल १० ओभरमा ७ विकेट गुमाएर ६३ रनमै सिमित भयो।

    यो सानो अन्तरले मात्र हैन, ठूलो हौसला र समर्पणले भरिएको जित थियो।
    खेलपछि ‘म्यान अफ द म्याच’ घोषित भएका शैलेन्द्र देवकोटाको हरक्षण योगदान निर्णायक साबित भयो।

    अब सरस्वती मावि फाइनल खेलमा सत्य साइ शिक्षा सदनसंग उपाधीको लागि अन्तिम लडाइँ खेल्ने छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै