• TOKHA LIVE

    • १० जेष्ठ २०८२, शुक्रबार २१:०४

    ७ विकेटको विजयले सरस्वती माविको चम्किलो जीत

    टाेखा काठमाडौं ९ जेठ / टोखा नगरपालिका क्रिकेट कप  २०२५ अन्तर्गत आज सम्पन्न खेलमा सरस्वती माध्यमिक विद्यालयले त्रिवेणी सदन इङ्लिश सेकेन्डरी स्कूललाई ७ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ।

    पहिलो ब्याटिङ गरेको त्रिवेणी सदनले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ५३ रन बनायो। ईशान अधिकारीले १३ बलमा १८ रनको उत्कृष्ट योगदान दिए भने बबित तामाङले अविजित ११ रन बनाए। सरस्वतीका शैलेन्द्र देवकोटाले २ ओभरमा ११ रन खर्चिएर २ विकेट लिएर त्रिवेणीको पारीलाई थाम्ने काम गरे।

    ५४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको सरस्वती स्कूलले ५ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। सुमन श्रेष्ठको आक्रामक ब्याटिङले जितको ढोका खोल्यो।उनले ९ बलमा अविजित २५ रन बनाउँदै टोलीलाई जित दिलाए। उनी नै खेलको ‘प्लेयर अफ द म्याच’ घाेषित भए।

    यो जितले सरस्वती स्कूलको आत्मविश्वास झनै बलियो बनाएको छ। खेलमा विद्यार्थीहरूको उत्साह, साथीभाइको समर्थन र युवा खेलाडीहरूको मेहनत झल्किएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै