टाेखा काठमाडौं ९ जेठ / टोखा नगरपालिका द्वारा आयोजित ‘टोखा नगरपालिका क्रीकेट प्रतियोगीता अन्तर्गत आज भएको रोचक भिडन्तमा त्रिवेणी सदन इंग्लिश सेकेन्डरी स्कुलले अपि च्यालेन्जर्सलाई २४ रनले पराजित गर्दै सानदार जित हासिल गरेको छ।
१० ओभरमा १०० रन बनाएको त्रिवेणी सदनले चार विकेटको क्षतिमा राम्रो सुरुआत गरेको थियो। इशान अधिकारीले २१ बलमा ३२ रनको उत्कृष्ट पारी खेले भने प्रिन्स नेपालले १९ बलमा अविजित २२ रन बनाए। अर्कोतर्फ, अपि च्यालेन्जर्सका असस्वी गौतमले २ विकेट लिएर टिमलाई आशा जगाएका थिए, तर उनीहरूको प्रयास पर्याप्त हुन सकेन।
अपि च्यालेन्जर्सको जवाफी पारी ९.४ ओभरमै ७६ रनमा सिमित रह्यो। मनीष गिरीले १९ बलमा २० रन बनाउँदै केही समय सम्भावना देखाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। त्रिवेणी सदनका दक्ष्य देव अधिकारी र विजय अधिकारीले समान २-२ विकेट लिँदै प्रतिद्वन्द्वीको पारी धराशायी बनाएका थिए।उत्कृष्ट प्रदर्शनका लागि इशान अधिकारीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।

