• TOKHA LIVE

    • १० जेष्ठ २०८२, शुक्रबार १५:०१

    टोखा नगरपालिका क्रीकेट प्रतियोगीता : सरस्वती माविको शानदार जित, शैलेन्द्र देवकोटा ‘प्लेयर अफ द म्याच’

     

    टाेखा काठमाडौं जेठ ९ /

    टोखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा आज सम्पन्न खेलमा सरस्वती माध्यमिक विद्यालयले नितेन मेमोरियल स्कुललाई ६ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

    पहिले ब्याटिङ गरेको नितेन मेमोरियलले १० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनायो। फुर्बा साङ्गे तामाङले सबैभन्दा बढी २५ रन (३२ बलमा) बनाए भने साजन परियारले ६ रनको योगदान दिए। सरस्वती माविका बलर साजन परियार र निखिल शर्मा दुवैले २–२ विकेट लिए। सुमन श्रेष्ठले पनि १ विकेट लिएर दबाब कायम राखे।

    जवाफमा उत्रेको सरस्वती माविले मात्र ५.३ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। केशव देवकोटाले २० बलमा अविजित ३२ रनको विस्फोटक पारी खेले भने सुमन श्रेष्ठले १२ बलमा ९ रन बनाए। शैलेन्द्र देवकोटाले टिमलाई सशक्त सुरुआत दिलाउँदै उत्कृष्ट प्रदर्शन गरे।उक्त शानदार प्रदर्शनको आधारमा शैलेन्द्र देवकोटा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै