• TOKHA LIVE

    • ८ जेष्ठ २०८२, बुधबार १६:५७

    टाेखा नगरपालिका क्रीकेट प्रतियोगिता : अपि स्कुल ६९ रनले विजयी

     

    टोखा काठमाडौं ७ जेठ /टोखामा जारी टोखा नगरपालिका  क्रिकेट कप २०२५ अन्तर्गत आज सम्पन्न रोमाञ्चक खेलमा अपि स्कुलले आफ्नो दबदबा कायम राख्दै प्यारामाउन्ट एकेडेमीलाई ६९ रनले पराजित गरेको छ।

    खेलमा अपि स्कुलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। सुरुबाटै आक्रामक शैलीमा खेलेको अपि स्कुलले १० ओभरको निर्धारित खेलमा १३४ रनको विशाल योगफल खडा गर्न सफल भयो। टिमका ओपनर अायुष महत्तराले धैर्य र संयमका साथ ३२ बलमा आकर्षक ३७ रन बनाए। अर्कोतर्फ, विस्फोटक शैलीमा खेलेका बिशाल बुढाले मात्र १३ बलमा २९ रन जोड्दै टोलीको स्कोरमा महत्वपूर्ण योगदान दिए।

    बलिङतर्फ प्यारामाउन्ट एकेडेमीका लागि विकास थापाले १ विकेट लिएर केही हदसम्म दबाब बनाउने प्रयास गरे, तर विपक्षी ब्याट्सम्यानहरूको आक्रमण रोकेर राख्न सकेनन्। अर्का बलर बिबेक अधिकारीले किफायती बलिङ गर्दै १ विकेट लिन सफल भए।

    १३५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन मैदान उत्रिएको प्यारामाउन्ट एकेडेमीको सुरुवात नै निराशाजनक रह्यो। नियमित अन्तरालमा विकेट गुमाउँदै उनीहरू पूरै दबाबमा परे। निर्धारित १० ओभर सकिँदासम्म प्यारामाउन्टले मात्र ६५ रन बनाउन सक्यो र ७ विकेट गुमायो।

    अपि स्कुलका बलरहरूले अनुशासित र रणनीतिक बलिङ प्रस्तुत गरे। बिराट बस्नेत टिमका लागि निर्णायक साबित भए — उनले ३ ओभरमा ३ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनलाई तहसनहस बनाए। साथै, ब्याटिङमा उत्कृष्ट योगदान दिएका बिशाल बुढाले बलिङमा पनि १ विकेट लिएर दुईतर्फी प्रदर्शन गरे।

    बिशाल बुढाको अलराउन्ड प्रदर्शनका कारण उनलाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। उनको ब्याटिङ र बलिङ दुबै पक्षमा प्रभावशाली उपस्थितिले अपि स्कुललाई जिततर्फ डोर्‍यायो।

     

    अपि च्यालेन्जर्ससरस्वती बीचको प्रतिस्पर्धा वर्षाका कारण खेल स्थगित

    आज हुने भनिएको अपि च्यालेन्जर्ससरस्वती बीचको प्रतिस्पर्धा वर्षाका कारण स्थगित भएको छ। मौसम अनुकुल नहुँदा खेल अगाडि बढ्न नसक्दा दुबै टोलीले समानरूपमा १–१ अंक बाँडेका छन्।

    त्यसपछि तय भएको चौथो खेल अपि स्कुलकाठमाडौं युरो स्कुलबीच सम्पन्न हुन सकेन। काठमाडौं युरो स्कुल निर्धारित समयमा मैदानमा नआएपछि नियम अनुसार अपि स्कुलले सो खेलको २ अंक सहजै हात पारेको छ।

    आज दिउँसो ३:४६ बजे वर्षाले पहिलो खेल प्रभावित बनायो भने ४:४२ बजे दोस्रो खेलसमेत स्थगित भएको घोषणा गरिएको थियो। यसैसँग, मौसम र प्राविधिक कारणहरूले आजका निर्धारित दुवै खेल प्रभावित बनेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै