• TOKHA LIVE

      TOKHA LIVE

    • ८ जेष्ठ २०८२, बुधबार ११:३९

    टोखा नगरपालिका क्रिकेट प्रतियोगिता: दिभाइन स्कुलको रोमाञ्चक जित, साहबज आलम ‘प्लेयर अफ द म्याच’

     

    टोखा काठमाडौं ७ जेठ / टाेखा नगरपालिका क्रिकेट कप अन्तर्गत आजको खेलमा दिभाइन स्कुलले सरस्वती माविलाई ८ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ।

    पहिलो ब्याटिङ गरेको दिभाइन स्कुलले ८ ओभरमा ८६ रन बनायो। टोलीका तर्फबाट साहबज आलमले ३० बलमा उत्कृष्ट ४८ रनको योगदान दिए भने शिशिर चौहानले १० बलमा ८ रन बनाएर साथ दिए। सरस्वती माविका सुमन श्रेष्ठ र निखिल शर्माले एक-एक विकेट लिए।

    जवाफमा उत्रिएको सरस्वती मावि ८ ओभरमा ७८ रनमै सीमित रह्यो। कप्तान कृष्णनाथ योगीले २८ बलमा ३५ रन बनाउँदै टोलीलाई जितको नजिक पुर्याए पनि अन्त्यसम्म पुग्न सकेनन्। दिभाइन स्कुलका साहबज आलम बलिङमा पनि चम्किए – २ ओभरमा २ विकेट लिँदै ७ रनमात्र दिए।

    उनको उत्कृष्ट प्रदर्शनकै कारण साहबज आलम आजको खेलको प्लेयर अफ द म्याच घोषित भए। एकै साथ ब्याट र बलिङमा योगदान दिँदै उनले टिमलाई जित दिलाउनु मात्र होइन, प्रतियोगितामा आफ्नो उपस्थिति पनि बलियो बनाएका छन्। खेलले दर्शकहरूमा रोमाञ्चकता थपेको थियो भने दुबै टोलीको प्रतिस्पर्धा सराहनीय रह्यो।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै