टाेखा काठमाडौं ७ जेठ /
टोखा नगरपालिकामा पहिलो पटक शुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नितेन मेमोरियल स्कुलले त्रिवेणी सदन इंग्लिश सेकेन्डरी स्कुलमाथि ९ विकेटको शानदार जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
टस जितेर फिल्डिङ रोजेको नितेन मेमोरियलले त्रिवेणी सदनलाई १० ओभरमा मात्र ५३ रनमा रोक्न सफल भयो। त्रिवेणीका लागि बाबित तामाङले ३ बलमा १० रन, ईशान अधिकारीले १२ बलमा ९ रन र प्रिन्स नेपालले २ बलमा ६ रन बनाएका थिए। बलिङतर्फ नितेनका बिजय अधिकारी, तर्जन दनुवार, सजान परियार र फुर्बा संगे तामाङले उत्कृष्ट प्रदर्शन गर्दै १–१ विकेट लिएका थिए।
सानो लक्ष्य पछ्याउन उत्रिएको नितेन मेमोरियल स्कुलका बिबेक तामाङले १४ बलमा अविजित ३२ रन प्रहार गर्दै खेललाई एकतर्फी बनाए। फुर्बा संगे तामाङले ६ बलमा ५ रन, र सुमन सुनारले १ बलमा ४ रन जोडे। नितेनले १० ओभरमा १ विकेट गुमाएर सहज जित हात पार्यो।

