टोखा ६ जेठ/ टोखा नगरपालिकाद्वारा आयोजित टोखा नगरस्तरीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रियोग हाई स्कुलले प्यारामाउन्ट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ।
टस जितेर ब्याटिङ रोजेको प्यारामाउन्ट एकेडेमीले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनायो। टोलीका लागि संगम रिजालले आक्रामक १६ रन (११ बलमा), शिशिर चौहानले १४ रन (१६ बलमा) र बिबेक अधिकारीले १३ रन (६ बलमा) योगदान दिए।

बलिङतर्फ त्रियोग हाई स्कुलका सौगात लुइटल र साक्षम घिमिरेले क्रमशः १ र २ विकेट लिँदै प्यारामाउन्टको रन गति नियन्त्रण गरे।
जवाफमा त्रियोग हाई स्कुलले १० ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पछ्याउँदै ८ विकेटको सानदार जित हासिल गर्यो। टोलीका अनिश खड्का २४ रन (९ बलमा) र डिप गुरुङ ९ रन (१० बलमा) नटआउट रहे। बिबेक अधिकारीले प्यारामाउन्टका लागि १ विकेट लिएका थिए।
सक्षम घिमिरेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ विकेट हात पारेका थिए। खेलमा त्रियोग हाई स्कुलले देखाएको सामूहिक प्रदर्शन र संयमित खेलले उनीहरूलाई जित दिलायो।
टोखा लाइभ समाचार

