• TOKHA LIVE

    • ६ जेष्ठ २०८२, सोमबार १३:३६

    टोखा नगरपालिका क्रिकेट प्रतियोगिता : श्री सत्य साई शिक्षासदनको ऐतिहासिक जित

     

    टोखा, काठमाडौं ५ जेठ / टोखा नगरपालिकाको आयोजनामा सुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिन नै दर्शकहरूले रोचक खेलको स्वाद लिन पाए। प्रतियोगिताको पहिलो खेलमा श्री सत्य साई शिक्षासदनले एपी स्कुलमाथि ९ विकेटको शानदार जित हात पारेको छ।

    एपी स्कुलले टस गुमाएर पहिला ब्याटिङ गर्दै १० ओभरमा जम्मा ६७ रनमै सबै विकेट गुमायो। टिमका तर्फबाट उर्वार श्रेष्ठले १८ रन, आदित्य कुँवरले ११ रन र श्रीजाल कार्कीले ६ रनको योगदान दिए। तर श्री सत्य साई शिक्षासदनका बलरहरूको सशक्त प्रदर्शनका अगाडि उनीहरूको पारी लामो समय टिक्न सकेन।

    जवाफमा ब्याटिङ गर्न उत्रिएको श्री सत्य साई शिक्षासदनले सुरुवातदेखि नै आक्रमक खेल प्रदर्शन ग¥यो। ओपनर सौरव गोइतले अविजित ४५ रनको विस्फोटक पारी खेल्दै मात्र २१ बलमै जित दिलाए। युबराज यादवले १५ रनको साथ दिए। उनीहरूको मिलेर बनाएको साझेदारीले टिमलाई ९ विकेट बाँकी छँदै लक्ष्य पुरा गरायो।

    बलिङतर्फ श्री साईका तर्फबाट सौरव गोइत, राज नारायण शर्मा र आदित्य यादवले समान २–२ विकेट लिएर टिमलाई बलियो स्थिति दिलाएका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै