टोखा, वैशाख २९ – भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको पुण्य तिथिका रूपमा मनाइने वैशाख पूर्णिमाको अवसरमा आज ऐतिहासिक टोखामा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा मनाइएको छ।
बुद्धभूमि महाविहार, स्थूल टोखाको आयोजनामा आयोजित कार्यक्रममा नगर परिक्रमा सहित शोभायात्रा निकालिएको थियो। सो शोभायात्रामा टोखाका बाजा गाजा खल:पुच:, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरू लगायत स्थानीय बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शोभायात्राले ऐतिहासिक सांस्कृतिक विरासतको जगेर्ना गर्दै टोखाको धार्मिक महत्त्वलाई उजागर गरेको आयोजक संस्थाले जनाएको छ।

https://www.facebook.com/share/v/16Gr8PQogW/

