• TOKHA LIVE

    • २५ बैशाख २०८२, बिहीबार २२:५३

    टोखाबाट सत्यनारायण डंगोलको नेवा: देय् दबूमा उम्मेदवारी: नेवा नेतृत्वमा नयाँ आशा

    काठमाडौं २५ बैशाख /– सांस्कृतिक चेतना र ऐतिहासिक गर्व बोकेको टोखा आज विशेष उत्साहमा छ। नेवा: देय् दबूका महासचिव तथा लामो समयदेखि सामाजिक काममा सक्रिय सत्यनारायण डंगोलले संस्था नाय् (अध्यक्ष) पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँको उम्मेदवारीसँगै टोखा मात्र होइन, सम्पूर्ण नेवा: समुदायमा नयाँ ऊर्जा र आशा फैलिएको छ।

    सत्यनारायण डंगोल कुनै अपरिचित नाम होइनन्। नेपालभाषा संरक्षणदेखि नेवा: संस्कृतिको जगेर्ना, युवाहरूको सशक्तिकरणदेखि सामाजिक न्यायसम्मका अभियानमा उहाँ सदैव अग्रमोर्चामा रहँदै आउनुभएको छ।

    ‘समावेशी नेतृत्व, सांस्कृतिक पुनर्जागरण र सामूहिक सहभागिता’ लाई आफ्नो मूल दर्शन बनाउँदै, डंगोलले सार्वजनिक गर्नुभएको ११ बुँदे एजेन्डाले नेवा: देय् दबूको आगामी दिशा स्पष्ट गरेको छ। यी एजेन्डाहरू व्यवहारिक छन्, समुदायको माटोबाट उठेका छन्, र समृद्ध भविष्यतर्फको बाटो देखाउँछन्।

    उहाँका प्रमुख योजना यस्ता छन्:

    • युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रेरित गर्ने विशेष अभियान
    • नेपालभाषा विद्यालय तहसम्म पढाउन नीतिगत दबाब
    • नेवा: जातिको योगदान अभिलेख राख्ने र राष्ट्रिय पहिचान सुनिश्चित गर्ने
    • नेवा: बस्तीलाई ‘सांस्कृतिक क्षेत्र’ घोषणा गर्ने पहल
    • परम्परागत संरचना संरक्षणमा स्थानीय सरकारसँग सहकार्य
    • मातृभाषा सिकाइ र सांस्कृतिक चेतना फैलाउने कार्यक्रम
    • महिला सशक्तिकरण र समावेशी नेतृत्वको विकास
    • संस्थाको पारदर्शिता र जवाफदेहिताको मजबुती
    • सामूहिक निर्णय र सहकार्य संस्कृतिको प्रवर्द्धन
    • विदेशस्थित नेवा: समुदायसँग सम्बन्ध विस्तार
    • राज्य संरचनामा नेवा: अधिकारको सुनिश्चितता

    सबल नेतृत्व हे – नेवा: देय् दबूया आवश्यकता ख:” भन्ने मूल नाराका साथ अघि बढ्नुभएका डंगोललाई स्थानीय बुद्धिजीवी, युवा र महिलाहरूले ‘टोखाको गर्व’ र ‘नेवा: नेतृत्वको भरोसायोग्य नाम’ मानेका छन्।

    उहाँको यात्रा केवल पदको खोज होइन, समुदायलाई संगठित, सशक्त र गर्विलो बनाउने सपना हो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै