• TOKHA LIVE

    • २० बैशाख २०८२, शनिबार १४:३६

    टाेखामा भाजु नसः पार्टी प्यालेसको बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन सम्पन्न

    नविना श्रेष्ठ | वैशाख २०, २०८२ | काठमाडौं

    टोखा नगरपालिका वडा २ स्थित  भिल्ली पन्चेटारमा नेवारी संस्कृति र स्वादलाई आत्मसात् गर्ने उद्देश्यसहित ‘भाजु नसः पार्टी प्यालेस’ को भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ प्रमुख अतिथिको रूपमा सहभागी थिए।

    उद्घाटन समारोह इकुलाग चण्डेश्वरी दाफा भजन खल: को बाँसुरी धुनबाट सुरु भएको थियो।

    रेस्टुरेन्टमा पारम्परिक ‘सुकुल भोज’ शैलीमा नेवारी परिकारहरू परोसीनेछन् भने, कर्मचारीहरू पनि नेवारी पहिरनमा पाहुनालाई स्वागत गर्नेछन्। सञ्चालक अध्यक्ष केश कुमार श्रेष्ठ भन्छन्, “नेवारीमा ‘भाजु’ भन्नाले ज्वाइँ जनाइन्छ। जसरी ज्वाइँको सत्कार गरिन्छ, यहाँ आउने पाहुनालाई पनि त्यस्तै आत्मीयता प्रदान गर्नेछौं।”

    नेवारी स्वाद र आत्मीय सेवाको समागम
    स्थानीय उत्पादन प्रयोग गरेर बनाइएका शुद्ध, मौलिक नेवारी परिकार, पारम्परिक भाँडाकुँडा, सांस्कृतिक सजावट र आत्मीय सेवाले ‘भाजु नसः’ लाई विशेष बनाएको छ। भविष्यमा यस स्थानलाई सेवा, संस्कार र आत्मीयताको केन्द्रको रूपमा विकास गर्ने योजना रहेको सञ्चालकहरूले बताए।

    समुदायको साथ र सहभागिता
    उद्घाटन कार्यक्रममा टोखा नगर प्रमुख प्रकाश अधिकारी, टाेखा वडा नं. १ का अध्यक्ष रमेश लामिछाने, टाेखा वडा नं. ३ का अध्यक्ष रमेश डंगोल, टाडी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, कांग्रेस वडा सभापति हेराकाजी महर्जन डंगोल,टाेखा वडा नं. ८ का अध्यक्ष रमेश खत्री, टाेखा वडा नं. ११ का अध्यक्ष घनश्याम खड्का लगायत स्थानीय समाजसेवी, व्यवसायी तथा सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    नेवारी संस्कार, स्वाद र सेवा: भाजु नसःको विशेषता
    नेवारी मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्यसहित खोलिएको यस पार्टी प्यालेसको लागत करिब ५ करोड रुपैयाँ रहेको सञ्चालकहरूले बताएका छन्।

    सञ्चालक सुमन डंगोलले बताएअनुसार, “यो स्थान सबै जात, वर्ग र समुदायका लागि खुला छ। यहाँ कसैमा पनि भेदभाव गरिँदैन – सबै पाहुनालाई आत्मीय रूपमा स्वागत गरिन्छ।” यदि तपाईं नेवारी स्वाद र संस्कारको खोजीमा हुनुहुन्छ भने, ‘भाजु नसः’ तपाईंका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै