• TOKHA LIVE

      TOKHA LIVE

    • १८ बैशाख २०८२, बिहीबार १९:५४

    टोखामा ‘भाजु नसः’ — नेवारी स्वादको नयाँ ठेगाना शनिबारदेखि खुल्दै

     

    काठमाडौं, १८ बैशाख । टोखा नगरपालिका-२, भिल्लीटार (पञ्चेटार) मा नेवारी स्वाद र संस्कृतिको संगम ‘भाजु नसः – ए टिपिकल नेवारी रेष्टुरेन्ट’ यहि शनिबारदेखि सञ्चालनमा आउँदैछ।

    ‘खानामा संस्कार, सेवामा सत्कार’ भन्ने भावनासँगै, परम्परागत नेवारी परिकारको असली स्वाद दिने उद्देश्यले यो रेष्टुरेन्ट सुरु हुन लागेको हो, भनी प्रवन्धक केश कुमार श्रेष्ठले जानकारी दिनुभयो।

    शनिबार बिहान ९ बजेबाट रेष्टुरेन्टको ढोका खुल्नेछ भने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन हुने कार्यक्रम तय भएको छ।
    श्रेष्ठले भने, “भाजु नसः भन्नाले ‘ज्वाईं मेजमान’ भन्ने बुझिन्छ। हाम्रो नेवारी परम्परामा ज्वाईंलाई विशेष मानिने गर्छ, ठीक त्यसैगरी यहाँ आउने प्रत्येक पाहुनालाई हामी स्नेह, सत्कार र स्वादले स्वागत गर्नेछौं।”

    नेवारी खानाको साँचो स्वाद अनुभव गर्न इच्छुक सबैलाई उहाँले उपस्थित भइ सेवा ग्रहण गर्न हार्दिक निमन्त्रणा गर्नुभएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै