काठमाडौं १७ बैशाख /नेवा: देय दबूको ८ औं महाधिवेशनको अध्यक्ष पदमा टाेखा नगरपालिका वडा २ का स्थानीयवासी सत्यनारायण डंगोलले उम्मेदवारी दिएका छन् ।
टाेखाका संस्कृतिकर्मी एव नेकपा एमाले टाेखा नगर कमिटीका पुर्व अध्यक्ष सत्यनारायण डंगोल हाल विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छ्न्।
डंगोलले नेवा:भाषा, लिपि र संस्कृति समुदायको आर्थिक तथा सामाजिक समृद्धिका लागि स्थापित ‘ नेवा: देय दबू’ को सबल नेतृत्वका लागी अध्यक्षमा उम्मेदवारी दिएका हुन् । नेवा: देय दबूको ८ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका सत्यनारायण डंगोलको प्रतिबद्धता यस्तो छ ।
१. नेवा: संस्कृति , समुदायको आर्थिक तथा सामाजिक समृद्धिका लागि अभियान सञ्चालन गरिनेछ।
२. नेवा: संस्कृतिको माध्यमबाट आर्थिक समृद्धिको अभियान अघि बढाइनेछ।
३. राष्ट्र निर्माण र सामाजिक उत्थानका लागि नेवा: समुदायको ऐतिहासिक भूमिका प्रमाणसहित अध्ययन र अनुसन्धान गरिनेछ।
४. नेवा: भाषा, लिपि र संस्कृतिलाई राष्ट्रिय स्तरमा सम्मान दिलाउने अभियान सञ्चालन गरिनेछ।
५. नेवा: भाषा , लिपि र संस्कृति संरक्षण र प्रवर्द्धन उत्थानका का लागि नेवा: समिति तथा महासंस्थाहरूलाई राष्ट्रिय , प्रदेश र स्थानीय सरकार मार्फत नियमित बजेट व्यवस्थापन गर्न पहल गराउनेछ।
६. महानगर, उपमहानगर, जिल्ला र पालिकास्तरमा नेवा: आयोग र नेवा: मौलिक भवन संयन्त्रको व्यवस्था गरिनेछ।
७. भाषा, लिपि र संस्कृतिको डिजिटलिकरण गरि सरकारी कामकाजी भाषा प्रचलनमा ल्याइनेछ।
८. मातृभाषा शिक्षा अन्तर्गत नेपाल भाषामा अध्ययन र अध्यापनको अभियान चलाइनेछ।
९. नेवा: समुदायका विभिन्न पहिचानको परिचय दिने जहाँ नेवा: त्यहा भिम्द्य:(भिम्सेन) अभियान सञ्चालन गरिनेछ।
१०. सांस्कृतिक संरक्षण क्षेत्र घोषणा गर्ने अभियान चलाइनेछ (स्थानीय सरकारसँग समन्वय गरिनेछ)।
११. नेवा: देय दबूया (संगठन) लाई प्रभावकारी र सक्रिय बनाउने संरचना तयार गरिनेछ।
संपर्क: ९८५१००६९१७


