काठमाडौं १६ बैशाख । टाेखा नगरपालिका वडा २ निवासी खुशी जोशीले २१औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरि कांस्य पदक जितेकी छन्। जापानको ओसाकामा आइतबार भएको खेलमा उनले कांस्य हात पारेकी हुन्। उनले क्याडेट (१२–१४ वर्ष उमेर समूह) को व्यक्तिगत क्योरगी विधामा कांस्य जितेकी हुन्।
खुशी जोशी टोखा नगरपालिकाद्वारा आयोजीत राष्ट्रपति रनिङ शिल्ड तेक्वान्डो खेलमा तीन वर्ष लगातार स्वर्ण पदक विजेता समेत हुन् ।
टाेखाको डिभाइन स्कूलमा कक्षा ९ कि विद्यार्थी खुशी जोशी टाेखा भगवती क्लबका पुर्व अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय सचिब मनिष जोशीकी छोरी हुन् ।
टाेखाको श्री भगवती तेक्वान्डो खेलाडी जोशीलाई नेपालको टिमबाट नेतृत्व गरि सहभागी हुनु पुर्व शुक्रबार टोखा नगर प्रमुख प्रकाश अधिकारीबाट खाडा ओढाइ बिदाइ गरिएको थियो ।भने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले २१ औं वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म सहभागी हुने खुशी जोशी सहित टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको थियो ।

