• TOKHA LIVE

    • ९ बैशाख २०८२, मंगलवार ०७:२३

    दोस्रो स्थानमा उक्लियो टाेखा भगवती क्लब

     

    काठमाडौं ९ बैशाख । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टाेखा भगवती क्लबले नयाँबस्ती युथ क्लबलाई ३-० ले
    सहज जित निकाल्दै सहिद स्मारक बी डिभिजन लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

    टाेखा नगरपालिकाको रन्जना लिपि अंकित जर्सीमा ‘बि’ डिभिजन लिग खेलिरहेको टाेखा भगवती क्लबले नयाँबस्ती युथ क्लबलाई ३-० ले हरायो। एन्फा कम्प्लेक्समा भएको एकपक्षीय खेलमा टाेखा भगवती क्लबले ३० मिनेटभित्र ३-० को अग्रता लिएको थियो ।आइतबार एन्फा कम्प्लेक्समा भएको
    खेलमा तेस्रो मिनेटमा दिवस छन्त्यालले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। त्यसपछि १६ औं मिनेटमा अमित लामाले अग्रता दोब्बर गरेका हुन् ।

    पहिलो हाफमा सानदार प्रदर्शन गरेको टाेखा भगवतीले तेस्रो गोल गर्यो। विक्रान्त नरसिंह रानाले गोल गरे। पहिलो हाफमा श्री भगवतीले ३-० को स्पष्ट अग्रता बनायो।

    दोस्रो हाफमा पनि नयाँबस्ती खेलमा फर्कन सकेन । दुवै टिमबाट थप गोल नहुँदा खेल ३-० को सहज जित निकाल्यो। यो जितमा अब टाेखा भगवती क्लबको स्पष्ट १७ अंक भएको छ।‌

    भगवती क्लबले अब बाकी खेल बैशाख १२ गते टसाल क्लब , बैशाख १९ गते झापा एफ सि,बैशाख २५ गते प्लानिङ ब्वाइज, बैशाख ३१ गते मध्य्पुर युथ, जेठ ५ गते ब्वाइज युनियन क्लब र जेठ ९ गते सरस्वती क्लबसंग खेल्ने तालिका रहेकोे छ।

    शिर्ष स्थान रहेको प्लानिङ ब्वाइज भन्दा १ अंकले पछि भगवती क्लब रहेको छ। तर पनि प्लानिङ ब्वाइजले एक खेल कम खेलेको छ। नयाँबस्ती भने ५ अंक सहित रेलिगेसन जोनमा रहेको छ।‌

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै