काठमाडौं, फागुन १२ – नेकपा (एमाले) टोखा नगर समितिको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। समितिले सर्वसम्मत रूपमा गोपिकृष्ण पाठक अध्यक्षमा निर्वाचित भएका छन्, भने उपाध्यक्षमा गणेशमान श्रेष्ठ चयन भएका छन्। सचिव पदमा रामकुमार अधिकारी, उपसचिवहरूमा शारदा गैरे र हर्ष महर्जन चयन भएका छन्।
लेखा समितिको अध्यक्षमा सुविन्द्र श्रेष्ठ र सचिवमा बेखानारायण डंगोल निर्वाचित भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा – रविना श्रेष्ठ, विशाल डंगोल, भुमा गुरुङ, सुरज महर्जन, संगित बॉंनिया, सुर्यकला भण्डारी, अजिता ढकाल र यम चेमजोगं चयन भएको नेकपा (एमाले) टोखा नगर समितिले जनाएको छ।

