• TOKHA LIVE

    • ३ माघ २०८१, बिहीबार ११:३९

    ११ औं तारेभिर पर्यटन महोत्सवमा सम्पदा अभियन्ता टाेखाका मनिराज डंगोल सम्मानित

     

    काठमाडौं ३ माघ / माघी पर्व माघे संक्रान्ती तथा घ्य: चाकु सल्हुका दिन मंगलवार
    गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित ११ औं तारेभिर पर्यटन महोत्सवमा समाजसेवि तथा सम्पदा अभियन्ता टाेखाका मनिराज डंगोल सम्मानित भएका छन् । ११ औं तारेभिर पर्यटन महोत्सवका प्रमुख अतिथि नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्पदा अभियन्ता टाेखाका डंगोललाई सम्मानित गरेका हुन् ।

    डंगोललाई नेवा: समाज उत्थान,संस्कृति ,सम्पदा संरक्षण क्षेत्रमा विशेष याेगदान पुर्याउनु भएको सराहनीय कार्यको मुल्यांकन गर्दै भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्मानित गर्नुभएको अभियन्ता मनिराज डंगोलले बताउनुभयो ।

    उहाँ सहित अन्य विभिन्न विधाहरुमा योगदान गरेका विभिन्न व्यक्तित्व हरुलाई पनि समेत सम्मान गरिएको थियो ।

    तारेभिर पर्यटन महोत्सवमा विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाल , टाेखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ लगायत गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

    समाजसेवि तथा सम्पदा अभियन्ता मनिराज डंगोल हाल ऐतिहासिक टाेखा नगरपालिका वडा २ र ३ मा निर्माणको चरणमा रहेको पंचद्वारका परिकल्पनाकार हुन् भने पछिल्लो समय उहाँ ‘बुद्धको कर्मवाद तथा चौथो ‘ स ‘ पुस्तकबाट परिचित हुनुहुन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै