• TOKHA LIVE

    • ३ माघ २०८१, बिहीबार ०९:५०

    जेएम 30 ग्रुप काठमाडौं टाेखाको प्रथम वार्षिकाेत्सव सम्पन्न

    काठमाडौं २ माघ / जेएम 30 ग्रुप काठमाडौं टाेखाको प्रथम वार्षिकाेत्सव सम्पन्न भएको छ।मंगलबार नेपालीहरुको महान पर्वको माघे संक्रान्तीको अवसर पारेर  ग्रुपले टाेखा नगरपालिका वडा ३ स्थित मालपोत भवनको अगाडि रहेको  जे एम 30 रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरमा ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक शैलेन डंगोलको अध्यक्षतामा प्रथम वार्षिकाेत्सव मनाएको हो। कार्यक्रममा प्रमुख अतिथि बहु राष्ट्रिय कंम्पनी ‘ शुयी कल्चर’ प्रमुख वेइवेइले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभयो।

    कार्यक्रममा ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक तथा समाजसेवी शैलेन डंगोलले युवाहरूलाई स्वदेशमै रोजगार सृजना गर्दै विभिन्न सेवा सुबिधा मार्फत स्वदेशमै काम गर्न रुचाउने युवाहरूलाई एकीकृत गर्दै ”हामी थप प्राप्त गर्छौं ,जब हामी एकजुट हुन्छौं । “भन्ने भावनाका साथ आत्मसात गर्दै छाेटाे समयमै नेपालमा लगानी गर्ने युवाहरूको मन कम्पनीले जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले ढिलोचादाे भएपनि केहिहदसम्म कम्पनीले लक्ष्यमा पुगि सफलता हासिल गरेको बताउनुभयो।

    ग्रुपले काम गर्ने वातावरण मिलाउन अहिले सयौ, हजारौं मानिसलाई रोजगारी दिलाउने उदेश्यका साथ जेएम 30 ग्रुप संचालनमा ल्याएको भए पनि अहिले नेपाल सरकार , मलेसिया सरकार ब्रुनाइ सरकारको अफिसियल नितिनियममा चल्नुपर्दा भएको ढिलासुस्तीले ग्रुपले लक्ष्य अनुरुप काम गर्न नसकेको अध्यक्ष डंगोलले बताउनुभयो।

    कार्यक्रमका प्रमुख अतिथि बहु राष्ट्रिय कंम्पनी ‘ शुयी कल्चर’ प्रमुख वेइवेइले नेपालीहरु सदा अतिथि सामु आदरसत्कार सम्मान गर्ने प्रवृत्तिले आफू नेपालीहरु प्रती
    सधै आभारी रहने गरेको बताउनुहुदै बहु राष्ट्रिय कंम्पनी ‘ शुयी कल्चर’ अन्तर्गत नेपालको सबैभन्दा ठूलो र अग्रणी जेएम 30 ग्रुपलाई आफुले सफलता नदिलाए सम्म अरु बिजनेसमा लगानी नगर्ने उद्घोष गर्नभयो।

    ग्रुपले जेएम 30 रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरसंगै हालसम्म म्यानपावर सप्लाइ,ट्रेडिङ /सप्लायर्स लगायत सेवा बिस्तार गरिसकेको  ग्रुपले पाइपलाइनको रूपमा निकट भबिस्यमै आएल एन्ड ग्यास , मेडिसिन , विद्युती सवारी , रियल स्टेटमा लगानी गर्ने भावी योजना ग्रुपको छ।

    शुयी कल्चर एस दि एन बि एच दि मलेसिया अन्तर्गत बहुराष्ट्रिय कंम्पनीहरु नेपालको जेएम 30 ग्रुप लगायत हाल मेक्सिको , क्यानडा , सिङापुर ,जापान, ब्राजिल ,फ्रान्स ,चीन हङकङ ,भियतनाम र थाइल्यान्ड रहेका छन् । नेपालमा ११० जना शेयरहोल्डरहरु रहेको जेएम 30 ग्रुपमा लिडर शैलेन डंगोल ,युगेन गुरुङ,वीरेन्द्र महर्जन,मिलन गुरुङ,शैलेश डंगोल ,सञ्जय डंगोल ,उर्मिला थापा ,विकास महर्जन ,हरविन्द्र श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ लगायत पदाधिकारीहरुको उक्त कार्यक्रममा उपस्थित थियो ।

         

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै