• TOKHA LIVE

    • २६ पुष २०८१, शुक्रबार २३:१३

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटमा काठमाडौंका कप्तान खुशी डंगोल घाइते

    काठमाडौं २६ पौष /प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका क्रममा काठमाडौंका कप्तान राष्ट्रिय महिला क्रीकेट खेलाडी टाेखाकि चेली खुशी डंगोल भक्तपुर विरुद्धको खेलमा घाइते भएकि छन् । काठमाडौंका अध्यक्ष तथा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य दिवाकर घलले काठमाडौंका कप्तान खुशी डंगोल भक्तपुर विरुद्धको खेलमा जितको बलिङ्ग गर्ने क्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेको जनकुरालाई बताउनुभएको छ ।काठमाडौंका अध्यक्ष घलेले कप्तान खुशीलाई जिल्ला क्रीकेट काठमाडौंले उपचार गरिरहेको बताउदै खुशीको सबै एक्स रे नर्मल रहेको भए पनि दुखाइको कारण खुशीले दुई/तीन हप्ता आराम गरेपछि मात्रै मैदान फर्किन सक्ने बताए ।

    महिला राष्ट्रिय प्रधानमन्त्री कपअघि बागमतीले छनोटसहित ट्रफी आयोजना गरेको थियो । काठमाडौं कप्तान खुसी डंगोल संगै अस्मिना कर्माचार्य कन्चन श्रेष्ठ, अस्मिता खरेल, कृश्मा गुरुङ, विपिशा शाही, संस्कृति फुयाँल, यशोदा विष्ट, अनिता मिजार, आदित्य पौडेल, आयुस्मा घिमिरे, प्रकृति पोखरेल, सविता भण्डारी, एलि यादव छिन।

    प्रधानमन्त्री कपको बागमती प्रदेश हाल छनोट प्रतियोगिता मुलपानी क्रीकेट रंगशालामा भएको प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र चितवनले भाग लिएको थियो । बुधबार काठमाडौं भक्तपुर विरुद्धको खेलमा काठमाडौंले ४७ रनले जितेको खेलमा कप्तान खुशी डंगोलले २९ बलमा ४५ रनको योगदान दिएकी हुन।

    गत वर्ष खुशी डंगोलले नेपालको प्रतिनिधित्व गरि चीनमा आयोजना भएको “Inaugral Belt and Road 2019 Cup T20 -W U19” मा महिला राष्ट्रिय क्रीकेट टाेलीमा सहभागी जनाएकी थिइन्। त्यहाँ उनले नेपालले महिला राष्ट्रिय क्रीकेट टाेलीले कास्य पदक प्राप्त गर्दा डंगोलले महत्त्वपूर्ण खेल भूमिका निर्वाह गरेकी हुन् । खुशी डंगोलले गत अगस्ट महिना नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोलीमा खुशी डंगोल पर्न सफल भएकी थिइन् । अगस्टमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपाल जित्दा खुशी डंगोलको महत्त्वपूर्ण ३ विकेटको समावेश थिए । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेका थिए । उक्त सिरिजमा बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन विकेट समेत लिन सफल भएकी थिइन् । फाइनल खेल उत्कृष्ट प्रदर्शन गरेकी खुशी डङ्गोल सो सिरिजको प्लेयर अफ दी म्याच समेत बनेकी हुन् ।

    यसै गरि नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ।

    प्रधानमन्त्री कप आगामी माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ ।
    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ।

    त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली मैदानमा उतार्ने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन्।

    समूह बीमा गत वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बागमती प्रदेश र मधेश प्रदेश छन्। प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ ।

    समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछ भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ। सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने दुई टोली फाइनल पुग्ने क्यानले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै