• TOKHA LIVE

      TOKHA LIVE

    • २६ पुष २०८१, शुक्रबार २३:०७

    टाेखा चण्डेश्वरी मन्दिरमा राजेन्द्र कर्माचार्य गुठियार पुजारीमा नियुक्त

    नविना श्रेष्ठ
    पाैष २५,२०८१

    टाेखा चण्डेश्वरी भगवती मन्दिर र श्री चण्डीश्वर महादेव मन्दिरको गुठियार पुजारीमा राजेन्द्र कर्माचार्य नियुक्ति भएको छ। गुठी संस्थान सञ्चालन समितिको बैठक २०८१/ ९ / ९ गतेको निर्णय अनुसार सोहि मितिबाट लागू हुने गरी गुठी संस्थान विनियम २०४९ को दफा ३६ बमोजिम सम्बन्धित मठ, मन्दिर,र देवी देवस्थल शिवालयको लिखत दानपत्र शिलापत्र वा परम्परा बमोजिम कार्य गर्ने गरी बढीमा पाँच वर्षको लागि हिजो गुठियार पुजारी पदमा कर्माचार्यलाई नियुक्ति गरेको हो।

    गुठी संस्थान प्रधान कार्यालय धार्मिक तथा सांस्कृतिक सम्पदा व्यवस्थापन शाखा र केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीबाट नियुक्तिपत्र प्रदान गरेको हो। गुठी संस्थान शाखा कार्यालय कालमोचनका कार्यालयका प्रमुख वैकुण्ठप्रसाद रेग्मी र गुठी संस्थान केन्द्रका प्रशासक प्रमुख शैलेन्द्रराज कुँवरले कर्माचार्यलाई संयुक्तरूपमा  पत्र हस्तान्तरण गरेको हो।

    काठमाडौँको नजिक गइरहेको टोखा चण्डेश्वरी  मन्दिर र चण्डेश्वर महादेव मन्दिरमा गुठियार पुजारी नियुक्तिका लागि गुठी संस्थान प्रधान कार्यालय केन्द्रीय शाखा पुगी पटक-पटक आवाज दिई साथ सहयोग गरेका नेपाली कांग्रेसका टोका वडा नं २ का वडा सभापति चाेकी हेरकाजी महर्जन डंगोल ,चण्डेश्वरी मन्दिरका पुजारी राजेन्द्र कर्माचार्य, मङ्गलबहादुर कर्माचार्या, निरञ्जन पौडेल लगायत कहिले कालमोचन पुगे त कहिले केन्द्र पुगी निरन्तर बुलन्द आवाज दिइरहेको साथ र सहयोगको परिणाम अन्ततः सफलता हासिल गरेको छ।

    निकै लामो समयको अन्तरालपछि बिहीबार  गुठी संस्थान प्रधान कार्यालय धार्मिक तथा सांस्कृतिक सम्पदा व्यवस्थापन शाखा र केन्द्रीय शाखा अभिलेख शाखा कार्यालय भद्रकालीबाट नियुक्तिपत्र प्रदान गरेको हो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै