काठमाडौं २४ पौष । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले भाषा, सँस्कृति,पहिचान जोगाउन नेवा देय् दबूले गरिरहेको कार्य अत्यन्त सकारात्मक रहेको बताउदै आफ्नो कलासँस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिहं बुधबार टोखामा आयोजना गरेको नेवाः देय् दबू टोखा नगर समितिले १५ औँ नेवाः एकता दिवसको उदघाटन कार्यक्रममा बोल्दै उनले नेवाःसमुदायभित्र विविधता भएपनि विविधिताभित्र एकता भएको बताए । ‘आफ्नो भेषभूषा, कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’उपप्रधानमन्त्री सिंहले भने।
उपप्रधानमन्त्री सिंहले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताएका छन् । ‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ । संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । सिंहले भने।




