• TOKHA LIVE

    • २२ पुष २०८१, सोमबार १५:१०

    नेपाल रग्वी संघद्वारा टाेखाका रोहन डंगोल सम्मानित

     काठमाडौं २१ पौष / नेपाल रग्वी संघद्वारा टाेखा नगरपालिका वडा २ का राष्ट्रिय  रग्वी खेलाडी रोहन डंगोल र  सिर्जना राईलाई वर्ष खेलाडी घोषित गरेको छ ।

    शनिबार वार्षिक साधारण सभाको अवसरमा नेपाल रग्वी संघले वर्ष खेलाडीबाट दुई खेलाडीलाई सम्मान गरेको हो ।

    पुरुषतर्फ टाेखाका रोहन डंगोल र महिलातर्फ सिर्जना राई वर्ष खेलाडी घोषित भएका हुन् ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गरेका थिए ।

    साधारण सभा वार्षिक प्रतिवेदन पारित गर्दै शनिबारनै सम्पन्न भएको संघका महासचिव गोबिन्द घिमिरेले बताएका छन् ।

    खेलपाटीबाट 

    Facebook Comments

    छुटाउनुभयो कि? सबै