• TOKHA LIVE

    • १९ पुष २०८१, शुक्रबार २१:०७

    विष्णुमती नदी कोरिडोर निर्माणको शुभारम्भ

    काठमाण्डौ ,पुस १९। काठमाण्डौ उपत्यकाको महत्वपूर्ण विष्णुमती नदीमा कोरिडोर निर्माणको शुभारम्भ गरिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४,६ र टोखा नगरपालिका २,३ को सिमानामा पर्ने बिष्णुमति करिडोर निर्माणको आज शुभारम्भ गरिएको हो।

    विष्णुमती कोरिडोर निर्माणको  आज शुभारम्भ कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य मन्त्रि तथा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल , प्रदेस सभा सदस्य श्याम बहादुर खड्का,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, बुढानिलकण्ठकी उपप्रमुख अनिता लामा,टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङ ,टोखा नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत शेरबहादुर बिसि, बुढानिलकण्ठका र टोखा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु  लगायतको उपस्थिति थियो ।

    हाल बुढानिलकण्ठ नगरपालिका वडा नं ४ बाट निर्माण शुरु गरिएको सो कोरिडोर निर्माणका लागि सडक डिभिजन कार्यालयबाट बजेट ब्यावस्थापन भएर काम शुरु भएको जानकारी दिदै वडा नं ४ का अध्यक्ष श्रीराम केसीले २०८२ साल  बैशाख २० गते सम्म योजना सम्झौता भएको बताएका छन।

    २०८१ साल कार्तिक २१ गते सम्झौता भएर आज निर्माण शुभारम्भ गरिएको विष्णुमति कोरिडोर निर्माणको ठेक्का होम सन् कन्ट्रक्सन एण्ड सप्लायर्सले पाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै