• TOKHA LIVE

    • १८ पुष २०८१, बिहीबार २१:१०

    आभाष कोलनीमा निर्माणाधीन ढल निकासको बिषयमा टोखा नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ?

     

    काठमाडौं १८ पौष/नेपाल मजदुर किसान पार्टीले टोखा नगरपालिका-२ भिल्ली (पञ्चेतार) स्थित आभाष कोलनीमा निर्माणाधीन ढल निकासको बिषयमा टाेखा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

    आज सो आभाष कोलनीमा निर्माणाधीन ढल निकासको बिषयमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठलाई  नेपाल मजदुर किसान पार्टी, टोखा नगर कमिटीका अध्यक्ष शोभलाल श्रेष्ठको नेतृत्वमा गएको टोलिले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

    के छ ध्यानाकर्षण पत्रमा ?

    नेपाल मजदुर किसान पार्टी/Nepal Workers & Peasants’ Party टोखा नगर समिति, काठमाडौं
    च.न .१३
    टोखा नगरपालिका
    कार्यालय

    द .न. १६०९

    मिति :२०८१/०९/१८

    श्री नगर प्रमुखज्यू, टोखा नगरपालिकाको कार्यालय मैजुहिटी, काठमाण्डौ

    विषयः ध्यानाकर्षण गराएको बारे ।

    उपरोक्त विषयमा टोखा नं.पा. २ स्थित पञ्चेटारको निर्माणाधीन आभास कोलिनीमा अव्यवस्थित रुपमा उक्त आवास वस्तीको ढल निकास निर्माण कार्य हुँदै गर्दा सामाजिक सञ्जाल र अन्य स्रोतबाट प्राप्त भएको जानकारीका आधारमा हाम्रो पार्टीको प्रतिनिधि मण्डलबाट मिति २०८१/०९/१७ गते स्थलगत फिल्ड अध्ययन गरेका थियौं। उक्त ठाँउको ढल निकासको प्रयोजनका लागि तीसिन्दोल हुँदै बगिरहेको बहमती खोलामा मिसाउने योजना मुताविक तीव्र निर्माण कार्य भइरहेको छ। निर्माणाधीन ढल निकासको संरचना अनुसार भोलि उक्त कोलोनीमा बाक्लो जन जीवनको बसाई शुरु भएसँगै त्वाइलेटबाट निस्किने कुनै पनि फोहर निकास उक्त ढलमा जोडिने निश्चित छ । यदि यो ढल निकासबाट आउने फोहरजन्य वस्तुलाई अन्य कुनै वैकल्पिक ठाँउमा विसर्जन गर्ने कुनै योजना नबनाई सिधै बहमती खोलामा मिसाइन्छ भने यसले एक त खोला र वरपरको वस्तीको वातावरण प्रदुषण हुने नै भयो भने अर्कोतिर ऐतिहासिक र धार्मिकस्थल सपनतीर्थ मन्दीर परिसर हुँदै बग्ने सपनतीर्थ खोला दुर्गन्धित हुनेछ। यस क्षेत्रको स्थलगत फिल्ड अध्ययनले त्यहां भूमिगत हिमपाइप विछ्याइ अत्याधुनिक मंगाल बनाइ कुनैपनि घर घडेरीका लागि एक प्लट घर घडेरी एक ढल निकासको लागि भूमिगत सहायक पाइपहरु विछ्‌याइएको अवस्था छ। यो आवासको विकास परियोजना प्रतिवेदन (DPR-Development Project Report) बनाउँदा दिर्घकालिन ढल निकासको उचित व्यवस्थापनको मोडालिटी पनि बनेको होला। यद्यपि वर्षाको पानी र बाहिर बग्ने पानीको नियमित प्रवाह गर्ने उद्धेश्यका लागि मात्र भन्ने भ्रामक वहाना बनाई ढल निकासको पानीलाई लापरवाही ढंगले खोलामा मिसाइएको खण्डमा त्यस आसपासका वस्ती र साँस्कृतिक तथा धार्मिक सम्पदा सपनतीर्थ मन्दीर परिसरमा वातावरणीय र पर्यावरणीय नकारात्मक प्रभाव परी जन स्वास्थ्यमा समेत नराम्रो असर पर्ने निश्चित छ ।

    यही कोलोनीको लागि जग्गा प्लटीङ्गको क्रममा बग्दै गरेको बहमती खोलाको साविक नक्सालाई मिलोमतोमा सारिएको कुरा पनि प्रचारमा आएको छ। यदी खोला सारिएको साँचो हो भने साविक नक्सालाई नै उल्टाएर खोला सार्ने अधिकार कुन निकायबाट कस्तो प्रक्रिया पुरा गरी कसले कसरी दियो ? नियम संगत तरिकाले खोला सारिएको हो भने यसमा केही भन्नु छैन, तर आफ्‌नै मर्जीमा चलखेल गरेर गरेको हो भने तत्काल कार्वाही हुनपर्छ कि पर्दैन? यो विषयमा पनि खोज अनुसान्धान गरिनु पर्दछ । यदि भुमाफियाहरुको चलखेलमा यो सबै सम्भव भएको हो भने यसमा पनि हामी घोर आपत्ति जनाउन चहान्छौ। यस मानेमा कुनै पनि सविकका नदीनाला, खोल्सा, राजकुलो, पाटी, पौवा लगायतलाई निजी वा व्यक्तिगत प्रयोजनका लागि आफ्‌नो अनुकुलनमा समायोजन र स्थानान्तरण गर्न मिल्ने हो ? हो भने सबै ठाँउमा यसरी नै अधिकार प्रत्यायोजन गर्दै जानु पर्ने हुन्छ र सम्बन्धित निकायले यो अधिकार प्रदान गर्छ कि गर्दैन आम प्रश्न स्वभाविक रुपमा खडा भएको छ ।

    त्यसै गरी यस क्षेत्र बाहेक टोखा न.पा. भरीका धेरै ठाउँहरुमा पनि यस्तै अव्यवस्थित र वातावरणीय अध्ययन (Environmental study) बीना नै आवास निर्माण तथा वस्ती विस्तार योजना तथा जग्गा प्लटीङ्ग र प्लानीङ्ग कार्यहरु भइरहेकोमा हाम्रो पार्टीको तर्फबाट विशेष ध्यान आकृष्ट भएको व्यहोरा जानकारी गराउन चहान्छौ। साथै उक्त आवास क्षेत्र लगायत वडाको सबै ठाँउहरुमा नगरपालिका तथा स्थानीय बडा तथा तत् सम्बन्धित निकाय तथा कार्यालयहरुको मातहतमा विशेष अनुगमन र अनुसन्धान गरी मापदण्ड विपरित र समुदाय र साँस्कृक्तिक/धार्मिक र प्राक्तिक महत्वका सम्पदाहरुलाई असर पर्ने गरी बनाइएका र बन्दै गरेका कुनै पनि आवास योजना तथा जग्गा प्लानिङ्ग र प्लटिङ्गका संरचना र गतिविधिहरुलाई नियन्त्रण तथा निगरानीमा राखी सो अनुसारको आवश्यक काम कारवाही गर्न गराउन हुन विशेष रुपमा यसै पत्र मार्फत ध्यानाकर्षण गराउन चाहन्छौ ।

    बोधार्थः

    १. टोखा न.पा. २ नं. वडा कार्यालय

    २. टोखा साँस्कृतिक संरक्षित क्षेत्र बिकास समिति

    अध्यक्ष शोभालाल श्रेष्ठ

    Facebook Comments

    छुटाउनुभयो कि? सबै