नबिना श्रेष्ठ
पाैष १६,२०८१
बनेपा नगरपालिकाको आयोजना तथा स्थानीय स्काउट समितिको संयोजनमा आधारभत स्काउट बिटिसि र पिटिसि आजाद माध्यमिक विद्यालयको प्राङ्गणमा तालिम सम्पन्न भएको छ।
५८२अाैं बिटिसि र पिटिसिका काेर्षका कोष लिडर कृष्ण चालिसे सबुता महर्जन रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कञ्चनचन्द्र बादेले अनुशासित जीवन सिकाउने माध्यम नेपाल स्काउट भएकोले तालिम प्राप्त हुनुभएका शिक्षकहरूले आफ्नो विद्यालयमा स्काउटिङ विस्तार गर्नमा आशावादी रहेको बताउनुभयो।

बनेपा नगरपालिकाको आयोजनामा तथा स्थानीय तदर्थ समितिको संयोजनामा सम्पन्न भएको तालिममा २४ वटा विद्यालयका ३५ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। बनेपा नगर उपप्रमुख बिमला सापकोटा दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख आयुक्त शिव कुमार त्वयना, बागमती प्रदेश कार्यसमितिका सदस्य नविना श्रेष्ठ, राष्ट्रिय प्रशिक्षक राम गोपाल कर्माचार्य , शिवराम अर्याल, बनेपा नगर स्थानीय स्काउट संयोजक पुकार कारञ्जित बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने पनौती नगरपालिकाका संयोजक मिलन श्रेष्ठ नेपाल पत्रकार महासङ्घ काभ्रे अध्यक्ष विनोद कुमार न्यौपाने लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

