• TOKHA LIVE

      TOKHA LIVE

    • १४ पुष २०८१, आईतवार ०६:०५

    बालप्रेमी खेलकुद प्रथम राष्ट्रिय महिला तथा पुरूष खुल्ला सेपाकताक्रो प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

     

    काठमाडौं १४ पौष । बालप्रेमी खेलकुद मण्डल टाेखाद्वारा आयोजित प्रथम राष्ट्रिय महिला तथा पुरूष खुल्ला सेपाकताक्रो प्रतियोगिताको उपाधि विभागीय टाेली त्रिभुवन आर्मी क्लबले जितेको छ।

    बालप्रेमी खेलकुद मण्डल टाेखाद्वारा आयोजित प्रथम राष्ट्रिय महिला तथा पुरूष खुल्ला सेपाकताक्रो प्रतियोगिता शुक्रबार र शनिबार टोखा-३ स्थित सरस्वती चौरमा आयोजना गरिएको महिलातर्फ विभागीय टाेली त्रिभुवन आर्मी क्लबकै वर्चस्व रहेको खेलमा त्रिभुवन आर्मी क्लवको (ए) बिजेता बन्यो भने त्रिभुवन आर्मी क्लवकै (बि) उपबिजेता बन्दा उता आयोजक बालप्रेमी खेलकुद मण्डल क्लव तृतीय स्थान प्राप्त गरेको हो।

    यसैगरी पुरुषतर्फ पनि विभागीय टाेली त्रिभुवन आर्मी क्लबकै वर्चस्व रहेकोे खेलमा
    पुरुषतर्फ खेलमा त्रिभुवन आर्मी क्लवको (ए) बिजेता बन्यो भने त्रिभुवन आर्मी क्लवकै (बि) उपबिजेता बन्दा आयोजक बालप्रेमी खेलकुद मण्डल क्लव तृतीय स्थान हासिल गरेको हो।

    प्रथम राष्ट्रिय महिला तथा पुरूष खुल्ला सेपाकताक्रो प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको “ए” का लागि महिलातर्फ चन्दा चौधरी, ईनु चौधरी र भावेसरा ढकालले प्रतियोगिताको प्रथम उपाधि दिलाए । भने त्रिभुवन आर्मी क्लवको “ए” का लागि पुरुषतर्फ उमेश बहादुर महोत्व, दिपेशजंङ्ग थापा र सजित धिमालले प्रथम उपाधि दिलाए । त्रिभुवन आर्मी क्लवको “ए” की चन्दा चौधरी र बालप्रेमी खेलकुद मण्डल क्लवका रोशन तामाङ्ग प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भए ।

    प्रथम राष्ट्रिय महिला तथा पुरूष खुल्ला सेपाकताक्रो प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ९ टिमले सहभागिता जनाएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिजेतालाई क्रमश नगद २५ हजार, १५ हजार र १० हजार , त्रफी र प्रमाणपत्र टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम र टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोलले संयुक्तरूपमा प्रदान गर्नुभएको हो।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्तिथि हुनु भएका टोखा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमले शुभकामना मन्तव्य राख्नुहुँदै सेपाकताक्रो खेल एक युवाको लागि ,स्वास्थको लागि राष्ट्रको लागि र अर्थतन्त्र माथी उकास्नको लागि अपरिहार्य रहेको बताउदै सेपाकताक्रोमा विगतमा जन्माएका विज्ञ हरु टाेखा नगरपालिकामा बसोबास गर्ने हुँदा सेपाकताक्रो खेललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हासिल गरेको इतिहास अझै दोहोर्याउदै टाेखा नगरपालिकालाई सेपाकताक्रो खेलको हब बनाउन सकिने बताउनुभयो।

    कार्यक्रममा विशिस्ट अतिथि टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले
    शुभकामना मन्तव्य राख्नुहुदै टाेखा नगरपालिका वडा ३ भित्रका युवाहरूलाई प्रोत्साहन गर्नको लागि खेलकुदको माध्यमबाट स्वास्थ्य र राष्ट्रलाई उच्च उठाउन वडाभित्रका क्लबहरुलाई आर्थिक वर्ष २०८१/०८२ मा ३ खेलकुद कार्यक्रमको आयोजनार्थ प्रती क्लब २/२ लाखको बजेट विनियोजन गरेको बताउनुभयो।
    सेपाक ताक्रो खेलमा टोखाका चेलीहरुले अन्तराष्ट्रीय स्तरमा खेलेर देशको लागि स्वर्ण पदक जितेकोमा इतिहासवाट गौरवान्वित भएको बताउदै उहाँले नयाँ तथा हाल खेल्दै गरेका खेलाडिहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा निरन्तर सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रम बिशाल डंगोलले संचालन गर्नुभएको कार्यक्रमको समापन गर्दै
    क्लवका अध्यक्ष राम डंगोलले पछिल्लो समयमा सेताक ताक्रो खेल
    निकै नै युवा पुस्ताहरुमा लोकप्रिय बन्दै गएको यस खेलले भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

    कार्यक्रममा टोखा नगरपालिका-३ का वडा सदस्यद्वय हरिकृष्ण श्रेष्ठ ,शान्ता राई, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम,नेकपा एमाले टोखा ३ का अध्यक्ष सुर्यमान डंगोल, क्लवका संस्थापक अध्यक्ष गजराज श्रेष्ठ, उपाध्यक्ष बाबुलाल डंगोल, नेपाल सेपाक ताक्रो संघका केन्द्रीय अध्यक्ष धन बहादुर राई लगायतको उपस्थित रहेको थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै