टोखामा ३० औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न
काठमाडौं ७ पुस / टोखा नगरपालिकामा आज ३० औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न भएको छ । टोखाको ग्राण्डी टावरदेखि उत्तरतिरको विष्णुमती करिडोरमा आज बिहान ७ बजेदेखि ९ बजेसम्म सफाई कार्यक्रम सञ्चालन गरिएको थियो ।
सफाई कार्यक्रम टोखा वडा नं. ३ र ६ को भागमा गरिएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, नगर प्रहरि, सामाजिक अभियान्ता, लायन्स क्लव, भूतपूर्व नेपाल प्रहरि संगठन, सामाजिक अभियान्ताहरु र सरसफाईकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो ।