टोखा लाइभ।वैशाख ३०,२०८०
काठमाडौँ– दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाली नागरिक र भारतीय प्रहरीबीच फेरि ढुङ्गा हानाहान भएको छ ।
शुक्रबार दुई पक्षबीच फेरि ढुङ्गा हानाहान भएको हो। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको दार्चुलाका स्थानीले जानकारी दिए ।
घटना महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच भएको हो । सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना भएको त्यहाँका एक स्थानीलेृ बताए ।
भारतीय पक्षले महाकाली नगरपालिका–४ बंगाबगरको पारी खोतिला क्षेत्रमा नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ ।
तटबन्ध निर्माणको क्रममा भारतीय पक्षले महाकाली नदीको नेपालतर्फको सीमामा आएर निर्माण सामाग्री निकाली रहेका बेला नेपाली नागरिकले रोक्न खोज्दा भारतीय प्रहरी र नेपाली नागरीकबीच ढुङ्गा हानाहान भएको बताइएको छ ।
यस क्षेत्रमा यसअघि पनि पटक–पटक ढुङ्गा हानाहान भएको थियो ।

